विगतका वर्ष जस्तै यस वर्ष पनि विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सब हुने | Samacharpati विगतका वर्ष जस्तै यस वर्ष पनि विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सब हुने – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • विगतका वर्ष जस्तै यस वर्ष पनि विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सब हुने

विगतका वर्ष जस्तै यस वर्ष पनि विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सब हुने

विगतका वर्ष जस्तै यस वर्ष पनि विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सब हुने

समाचारपाटी, पोखरा, ६ असोज । पोखरामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा नेपालीहरुको महान चाड बडादशैंको अवसरमा विगतका वर्ष झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको छ ।

विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज १२ गते घटस्थापनाको दिनदेखि महानवमीसम्म नवदुर्गा महोत्सव हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै साँस्कृतिक सद्भावको अभिवृद्धि तथा धर्म, संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक पर्यटनको विकासमा टेवा र्पुयाउने उद्धेश्यले १२ वर्षदेखी हुँदै आएको महोत्सवलाई यस वर्षपनि निरन्तरता दिन लागिएको उहाँले बताउनुभयो ।

समितिका सचिव तीर्थ श्रेष्ठका अनुसार महोत्सवको पहिलो दिन अर्थात घटस्थापनाको विहान विन्ध्यबासिनी नवदुर्गा शोभायात्रा निकालिने छ । शोभायात्रा विन्ध्यबासिनी पार्कबाट सुरु भएर मोहरियाटोल, भैरवटोल, भिमसेनटोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल हुँदै पुनः नालामुख, भिमसेन टोलहुदै मन्दिर पुगेर समापन हुनेछ । सोहि दिन दिउँसोेबाट विन्ध्यबासिनी मन्दिर प्राङगमै श्रीमद्देवी भागवत ज्ञान महायज्ञ शुरु गरिनेछ । महानवमीसम्मै जारी रहने महोत्सव र महायज्ञ प्रत्येक दिन पूर्वान्ह ९ बजेदेखी मध्याह्न १२ बजेसम्म र दिउँसो १ बजेबाट अपराह्न ४ बजेसम्म सञ्चालन हुने सचिव श्रेष्ठले जानकारी दिनुभयो । महायज्ञमा पुवा पण्डित नारायण देवकोटाले कथाबाचन गर्नुहुनेछ ।

आजको ट्रेन्डिङ समाचार