विजयादशमीको अवसरमा पोखरा मोवाइल टावरमा सामान खरिद गर्दा उपहारै उपहार | Samacharpati विजयादशमीको अवसरमा पोखरा मोवाइल टावरमा सामान खरिद गर्दा उपहारै उपहार – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • विजयादशमीको अवसरमा पोखरा मोवाइल टावरमा सामान खरिद गर्दा उपहारै उपहार

विजयादशमीको अवसरमा पोखरा मोवाइल टावरमा सामान खरिद गर्दा उपहारै उपहार

विजयादशमीको अवसरमा पोखरा मोवाइल टावरमा सामान खरिद गर्दा उपहारै उपहार

समाचारपाटी, पोखरा, ६ असोज । नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा पोखराको महेन्द्रपुलमा रहेको पोखरा मोबाईल टावरमा असोज ८ गतेबाट कार्तिक १७ गतेसम्म मोबाईल मेला सञ्चालन हुने भएको छ ।

मेलामा विभिन्न बम्पर उपहारको व्यवस्था गरिएको छ । मेला अवधिभर मोबाईल टावरले आफ्ना ग्राहाकका लागि प्रत्येक दिन एक जनालाई भित्ते घडीको व्यवस्था गरेको छ । त्यस्तै प्रत्येक अप्ता १ जनालाई १ थान राइस कुकर, बम्पर पुरस्कार तर्फ पहिलो पुरस्कार १ सय ६० लिटरको फ्रिज १ जनालाई, दोश्रो पुरस्कार १ थान २४ इन्चको एलइडी टिभि, तेश्रो पुरस्कार १ थान जुसर मिक्सर १ जनालाई, चोथो पुरस्कार १ थान राइस कुकर १ जनालाई, पाँचौ पुरस्कार १ थान प्रेसर कुकर १ जनालाई प्रदान गरिने पोखरा मोबाईल टावरका सञ्चालक उदय केसीले जानकारी दिनुभयो ।

मेला अवधिभर विभिन्न सांगितिक तथा सांस्कृतिक कार्यक्रम हुने छ भने सामानको खरिद गर्दा निशुल्क खाजाको व्यवस्था गरेको मोबाईल टावरले जनाएको छ ।

मोबाईल टावरमा एउटै छानामुनी मोबाईलको होलसेल तथा खुद्रा पसल, आइटी प्रोडक्ट र एसोसरिज साथै फोटो स्टुडियोका सामान, ल्यापटप तथा सिसी क्यामरा, हरेक प्रकारका घडी तथा चस्माहरु, मोबाईल तथा इलेक्ट्रोनिक्स ट्रेनिङ सेन्टर सञ्चालन भईरहेको छ । त्यस्तै एजुकेशन कन्सलटेन्सी, रेष्टुरेण्ट, मोबाईल फोनको सर्भिस सेन्टर, गेमका सामानसाथै इलेक्ट्रोनिक्स ग्याजेट, इन्टरनेट, फेन्सी सामानको सुपथ मुल्यका पसलहरु सञ्चालनमा रहेको मोबाइल टावरले जानकारी गराएको छ ।

आजको ट्रेन्डिङ समाचार