गोरखामा अवैध हतियारसहित एक जना पक्राउ | Samacharpati गोरखामा अवैध हतियारसहित एक जना पक्राउ – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • गोरखामा अवैध हतियारसहित एक जना पक्राउ

गोरखामा अवैध हतियारसहित एक जना पक्राउ

गोरखामा अवैध हतियारसहित एक जना पक्राउ

गोरखा, ६ असोज ।  शहीद लखन गाउँपालिका– ३ ग्याजाबोटबाट अवैध हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्याजाका ६७ वर्षीय कमानसिं गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिनुभयो । भरुवा बन्दुकसहित पक्राउ परेका गुरुङलाई आज बिहान सदरमुकाम ल्याइएको उहाँले बताउनुभयो ।

गुरुङमाथि आजै मुद्दा दर्ताको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । गुरुङलाई इलाका प्रहरी कार्यालय मनकामनाबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । गुरुङले घरमा अवैधरुपमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार