भिमफेदी गाइजको पुर्वेली भाकामा तयार भएको गीत सार्वजनिक | Samacharpati भिमफेदी गाइजको पुर्वेली भाकामा तयार भएको गीत सार्वजनिक – Samacharpati
Samacharpati
मङ्लबार, अशोज १२, २०७८
  • होमपेज
  • भिमफेदी गाइजको पुर्वेली भाकामा तयार भएको गीत सार्वजनिक

भिमफेदी गाइजको पुर्वेली भाकामा तयार भएको गीत सार्वजनिक

भिमफेदी गाइजको पुर्वेली भाकामा तयार भएको गीत सार्वजनिक

काठमाडौँ, ६ असोज । भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। पुर्वेली भाकामा तयार भएको गीतको भिडियो सार्वजनिक भएको हो। उमेश रेग्मीको शब्द संगीतमा रहेको जति हेर्यो बोलको गीतमा राज पौडेलको स्वर रहेको छ।

पुर्वेली भाकाको शैलीमा रहेको गीतमा भिमफेदी गाइजको साथमा एलिशा राईको अभिनय रहेको छ। सांस्कृतिक कार्यक्रमको थिममा तयार गरेको गीतको भिडियोलाई एलिशा राईले कोरियोग्राफी गरेकी हुन्।

निर्मल कुमार लामाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् भने पवन सुस्लिङले नै सम्पादन गरेका हुन्।

आजको ट्रेन्डिङ समाचार