बार्षिक उत्सवको अवसरमा हिमालय बचत तथा ऋण सहकारीले वृद्धाश्रमलाई आर्थिक सहयोग | Samacharpati बार्षिक उत्सवको अवसरमा हिमालय बचत तथा ऋण सहकारीले वृद्धाश्रमलाई आर्थिक सहयोग – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • बार्षिक उत्सवको अवसरमा हिमालय बचत तथा ऋण सहकारीले वृद्धाश्रमलाई आर्थिक सहयोग

बार्षिक उत्सवको अवसरमा हिमालय बचत तथा ऋण सहकारीले वृद्धाश्रमलाई आर्थिक सहयोग

बार्षिक उत्सवको अवसरमा हिमालय बचत तथा ऋण सहकारीले वृद्धाश्रमलाई आर्थिक सहयोग

पोखरा, ६ असोज  । हिमालय बचत तथा ऋण सहकारी संस्था लि. पोखरा २५ हेमजाले आफ्नो सातौँ बार्षिक उत्सवको अवसर पारी वात्स्यायन वृद्धाश्रम पोखरा १४ लाई आर्थिक सहयोग प्रदान गरेको छ । कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष राजेन्द्र बहादुर सापकोटाले सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त कार्य गरेको बताउनुभयो ।

उहाँले १२ हजार ५ सय पचपन्न रुपैँया वृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सहकारीका पदाधिकारी, व्यवस्थापक, कर्मचारीहरु, शेयर सदस्यहरुको सहभागितामा रकम हस्तान्तरण गरिएको सहकारीका व्यवस्थापक बसन्त दाहालले जानकारी दिनुभयो । त्यस्तै बार्षिक उत्सवको अवसरमा साँझ संस्थाको कार्यालयमा दिपावली समेत गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार