पोखरा १६ को कालीखोला पक्की पुल बन्दै | Samacharpati पोखरा १६ को कालीखोला पक्की पुल बन्दै – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • पोखरा १६ को कालीखोला पक्की पुल बन्दै

पोखरा १६ को कालीखोला पक्की पुल बन्दै

पोखरा १६ को कालीखोला पक्की पुल बन्दै

पोखरा, ६  असोज ।  पोखरा महानगरपालिकाले वडा १६ को काली खोलामा पक्की पुल निर्माण गर्ने भएको छ । ३ करोड ३० लाखको लागतमा टुम्के र घोरकुनालाई जोड्ने पक्की पुल बन्न लागेको हो । पुलको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे । आरसीसी मोटरेवल पुलको लम्वाई २५ मिटरको हुनेछ । आउदो बर्षको मंसिर भित्र पुल सम्पन्न गर्ने लक्ष्य राखिएको छ । फेवा पिएल जेभी कम्पनी पोखराले निर्माणको जिम्मा पाएको छ ।

पुलको शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले राजनितिका लागि राजनिति नभई विकास लागि राजनिति गर्ने समय आएको बताए । विगतमा धेरै विकासका आयोजनामा भएको राजनितिका कारण विकासले फड्को मार्न नसकिएको समेत उनले बताए । उनले जनप्रतिनिधिहरु कुनै पार्टी विशेषको नहुने बताए । प्रदेशले योजना निर्माण गर्दा सवै सांसदहरुको सल्लाह, सुझाव र सिफारिशलाई आधार बनाइने समेत उनले बताए ।

 

आजको ट्रेन्डिङ समाचार