म्याग्दीमा जिप माथी ढुंगा खस्दा दुई जना घाईते,बाढीमा परि दुई बालिका सम्पर्कविहिन | Samacharpati म्याग्दीमा जिप माथी ढुंगा खस्दा दुई जना घाईते,बाढीमा परि दुई बालिका सम्पर्कविहिन – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • म्याग्दीमा जिप माथी ढुंगा खस्दा दुई जना घाईते,बाढीमा परि दुई बालिका सम्पर्कविहिन

म्याग्दीमा जिप माथी ढुंगा खस्दा दुई जना घाईते,बाढीमा परि दुई बालिका सम्पर्कविहिन

म्याग्दीमा जिप माथी ढुंगा खस्दा दुई जना घाईते,बाढीमा परि दुई बालिका सम्पर्कविहिन

म्याग्दी, ५ असोज । अंन्दाजी २४:१० बजे म्याग्दीको बेनी नगरपालिका वडा नं.२ बगरफाँट स्थित खहरे खोलामा आएको बाढीका कारण भागडौड हुँदा दुई जना हालसम्म सम्पर्क विहिन रहेका छन । सोही स्थान कै वर्ष ६कि अनुष्का परियार र वर्ष १० कि प्रविना परियार अहिले सम्म पनि सम्पर्कमा आएका छैनन् । उनिहरुको प्रहरी र स्थानीय जनताको सहयोगमा खोजी कार्य भईरहेको छ । साथै अविरल वर्षातको कारण उक्त ठाडो खोला एक्कासी बढन गई खोलाको नजिकै रहेको बुद्ध बोडिङ स्कुलमा भल पस्दा होस्टेलमा रहेका ५ जना शिक्षक र १२ जना विद्यार्थीहरुलाई भने नेपाल प्रहरी र स्थानिय बासीहरुको सक्रियतामा शकुसल उद्धार गरीएको थियो । घटनाका विषयमा थप अनुसन्धान पनि भईरहेको छ ।

रघुँगगा गाउँपालिका-२ घुमाउनेताल स्थित बेनिबाट मुस्ताङतर्फ जाँदै गरेको ग १ ज ७०६२ नंम्बरको बलेरो जिप माथी अचानक माथीबाट ढुङ्गा खस्दा जिपको बाँया तर्फको साईडमा लागि सोही जिपमा सवार ९ जना मध्ये २ जना घाईते भएका छन्  घाईतेलाई  उपचारको लागि जिल्ला अस्पताल म्याग्दी लगिएको छ । घाईते हुनेमा रुपन्देहीको देवदह नगरपालिका-०५ बस्ने वर्ष ६० को यम बहादुर वि.क. र निजको श्रीमती वर्ष ६३ कि गंगा वि.क. रहेका छन् । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार