विश्व पर्यटन दिवसको उपलक्ष्यमा मिनी सडक महोत्सव आयोजना | Samacharpati विश्व पर्यटन दिवसको उपलक्ष्यमा मिनी सडक महोत्सव आयोजना – Samacharpati
Samacharpati
मङ्लबार, अशोज १२, २०७८
  • होमपेज
  • विश्व पर्यटन दिवसको उपलक्ष्यमा मिनी सडक महोत्सव आयोजना

विश्व पर्यटन दिवसको उपलक्ष्यमा मिनी सडक महोत्सव आयोजना

विश्व पर्यटन दिवसको उपलक्ष्यमा मिनी सडक महोत्सव आयोजना

पोखरा, ५ असोज  ।  प्रत्येक वर्ष विश्व भरी 27th September 2019 लाई पर्यटन दिवसको भव्य रुपमा मनाइन्छ । यसको उद्देश्य पर्यटनको सामाजिक, सांस्कृतिक,राजनीतिक र आर्थिक मूल्य र यस क्षेत्रले दिगो विकास लक्ष्य हासिल गर्न योगदान पुर्याउन सक्ने योगदानको विश्व समुदायमा चेतना जगाउनु हो । यस वर्ष विश्व पर्यटन दिवस २०१९ को विषयवस्तु हो । “Tourism and Jobs: A better Future for All” अर्थात “पर्यटन र रोजगार सबैका लागि राम्रो भविष्य“ भन्ने मुल नारालाई आत्मासाथ गर्दै उक्त अवसरमा रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले प्रत्येक वर्षहरुमा जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्धेश्यले विश्व पर्यटन दिवसको उपलक्ष्यमा २०७६ साल असोज १० गते फिस्टेल गेट देखि वाराहीचोकसम्म लेकसाइडमा वेलका ५ः०० वजे वाट राती अवेर सम्म एकदिने विश्व पर्यटन दिवस मिनी सडक महोत्सव आयोजना गर्न गैरहेको छ ।

महोत्सवको मुख्य आकर्षणहरु :
 सडक मै विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको परिकार
 नेपालका विभिन्न जातिय तथा धार्मिक संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम
 साहसिक खेलकुद तथा पर्यटकिय आकर्षण वृत्तचित्रको प्रर्दशनी
 लाइभ व्याण्ड
 पञ्चे वाजा
 गन्दर्भ गायन र सडकमै मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुती रहने छ ।

 

मिनी सडक महोत्सव २०७६
मिति : २०७६/६/५
प्रेस विज्ञप्ती,
पर्यटन प्रवद्र्धनमा सुचना प्रविधि र सञ्चारको क्षेत्रमा भएको अभुतपुर्व विकासको माध्यमवाट नेपालमा रहेको सम्पदालाई विश्व सामु प्रस्तुत गर्दै अन्र्तराष्ट्रिय पर्यटकलाई आकर्षित गरी आय र रोजगारीका अवसरहरुमा अभिवृद्धि गरी दिगो शान्तिको स्थापना गर्न जिवन स्तर सुधार्न सकिने प्रचुर संम्भावना छ । अन्र्तराष्ट्रिय पर्यटन वजार अत्यन्त प्रतिस्पर्धात्मक भएकाले तुलनात्मक लाभका हिसावले नेपाल अगाडी भएका पनि गुणस्तरीय सेवाको विकास गर्दै पर्यटन उद्योगलाई प्रतिस्पर्धात्मक वनाउन अत्यावश्यक छ । पर्यापर्यटन, ग्रामिण पर्यटन, धार्मिक–साँस्कृतिक पर्यटन,साहसिक पर्यटन जस्ता पर्यटकीय गतिविधिहरुको उल्लेखनिय संभावना वोकेका कारण पोखरा देशकै उत्कृष्ट पर्यटकिय गन्तव्यको रुपमा रहेको छ । प्राकृतिक, जैविक, सामाजिक, साँस्कृतिक, साहसिक, ऐतिहासिक र धार्मिक
विविधताले पर्यटनमा अहम भुमिका खेलेका हुन्छ । पर्यटकीय गन्तव्यहरुको विविधिकरण गर्दै नयाँ पर्यटकीयस्थल र उपजहरुको पहिचान, विकास तथा पर्यटकीय पुर्वाधारहरुको विकास गरी पर्यटन प्रवद्र्धनको माध्यमवाट रोजगारीका अवसरमा वृद्धि गरी जीवनस्तरमा सुधार गर्न अहिलेको आवश्यकता हो।

प्रार्थी
सुर्य वहादुर भुजेल
संयोजक
मिनि सडक महोत्सव

आजको ट्रेन्डिङ समाचार