समावेशी सहकारीको १२ औँ साधारण सभा सम्पन्न | Samacharpati समावेशी सहकारीको १२ औँ साधारण सभा सम्पन्न – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • समावेशी सहकारीको १२ औँ साधारण सभा सम्पन्न

समावेशी सहकारीको १२ औँ साधारण सभा सम्पन्न

समावेशी सहकारीको १२ औँ साधारण सभा सम्पन्न

पोखरा, ५ असोज । पोखराको बगरका रहेको समावेशी वचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो १२ औँ साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रमको समुद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सामदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीका अध्यक्ष मनपती भण्डारीले समावेशी बचत तथा ऋण सहकारी संस्थाले परापूर्वकालमा लक्ष्मी, सरस्वतीलाई दिइएको जिम्मेवारीजस्तै जिम्मेवारीको बाँडफाँड गरेकाले सफल भएको बताउनुभयो । सेदीमोदी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वराज गुरुङले सहकारी–सहकारीबीचको सम्बन्ध मजबुत बनाउँदा देशको आर्थिक सबृद्धि सम्भव भएको बताउनुभयो ।

सेयर सदस्य रुद्र तिमिल्सिनाले सरकारको नयाँ नीतिले सहकारीहरु पनि मर्जरमा जानुपर्ने अवस्था सृजना भएको बताउँदै समावेशी आफै सक्षम र सबल भएकाले अहिलेकै अवस्थामा रहनु पर्नेमा जोड दिनुभयो । अर्का सेयर सदस्य पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले सहकारीले केही गर्छु भन्ने भावना भएका व्यक्तिहरुलाई काम गर्ने अवसर सृजना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम तथा सहकारीका अध्यक्ष सीता गुरुङले अहिलेको तीन तहको सरकारले सहकारीलाई नयाँ ऐन नियम ल्याएर अठ्याउन खोजेको बताउँदै सानो–सानो पूँजी संकलन गर्दै आर्थिक उत्थानमा लागेका सहकारीका गतिविधिहरुमाथिको अंकुश अमान्य हुने बताउनुभयो । कार्यक्रममा सहकारीका कोषाध्यक्ष सीता अधिकारीले आर्थिक प्रतिवेदन र सचिव जीवन अधिकारीले सचिवको प्रतिवेदन पेश गर्नुभएको थियो । उपाध्यक्ष विक्रम उदासको स्वागत मन्तव्य शिक्षा संयोजक कल्पना थापाबाट सहकारीको सात शिद्धान्त वाचन रहेको कार्यक्रममा असल ऋणी सुवर्ण श्रेष्ठ र अनुशासित बचतकर्ता गणेश तिमिल्सिनालाई नगदसहित सम्मान गरिएको थियो ।

आजको ट्रेन्डिङ समाचार