साकुरा बहुउद्देश्यीय सहकारीले गर्योर २३ लाख मुनाफा | Samacharpati साकुरा बहुउद्देश्यीय सहकारीले गर्योर २३ लाख मुनाफा – Samacharpati
Samacharpati
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • साकुरा बहुउद्देश्यीय सहकारीले गर्योर २३ लाख मुनाफा

साकुरा बहुउद्देश्यीय सहकारीले गर्योर २३ लाख मुनाफा

साकुरा बहुउद्देश्यीय सहकारीले गर्योर २३ लाख मुनाफा

भक्तपुर, ५ असोज । साकुरा बहुउद्देश्यीय सहकारी संस्था लि. सूर्यबिनायकको चौथो साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र मिश्रले सदस्यहरुको आर्थिक र सामाजिक स्तर अभिवृद्धि गरी समुन्नत समाजको विकास गर्ने लक्ष्यका साथ आफ्नो संस्था अगाडि बढिरहेको बताएका छन् । उनले संस्थाले आधुनिक प्रविधि मैत्री संस्था बनाउनको लागि Icould Version मा रहेको Infinity Software को माध्यमबाट लेखा परीक्षण राखि सदस्यहरुलाई छिटो, सम्पन्न सुविधा प्रदान गरी मोबाइल बैंकिङसुविधा, रेमिटेन्स् पनि उपलब्ध गराउँदै आएको बताएका थिए ।

संस्थाका सचिव नानीबाबु थापाले यो संस्थाले आर्थिक कारोबारसँगै सामाजिक कार्यलाई पनि एक साथ अगाडि बढाउँदै लगेको बताउँदै आगामी वर्ष सहकारी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए । उनले सहकारी संस्थाहरुसँग एकता गरी व्यवस्थित र उत्कृष्ट सहकारी बनाउन समिति, उपसमिति, कर्मचारी र शेयर सदस्यको विभिन्न क्षेत्रमा विकास र क्षमता अभिवृद्धि गराउने कार्यहरु गर्दै जाने बताए । कोषाध्यक्ष महालक्ष्मी खड्काले गत आ.व.मा १ करोड ३० लाख ५३ हजार ३ सय १७ रुपैयाँ ४५ पैसा आम्दानी र १ करोड ७ लाख ३९ हजार ४ सय ६८ रुपैयाँ ८४ पैसा खर्च भई २३ लाख १३ हजार ८ सय ४८ रुपैयाँ ६१ पैसा नाफा भएको बताईन् ।
उनले संस्थामा ५ सय १६ महिला, ७ सय ८३ पुरुष, कर्मचारी १६ र अन्य संस्था ८ गरी कूल १ हजार ३ सय २३ जना सदस्य रहेको जानकारी दिँदै आ.व. ०७५÷७६ मा १ करोड ३१ लाख ८ सय शेयर पूँजी संकलन भएको, कूल बचतमा ७ करोड ६९ लाख ८८ हजार ७ सय ९३ रुपैयाँ ८८ पैसा तथा ऋण लगानीमा ६ करोड १२ हजार ५ सय ८५ रुपैयाँ ७५ पैसा भएको बताइन् ।

लेखा सुपरिवेक्षण समितिका संयोजक माधव थापाले साकुरा लखपति बचत, साकुरा सुनौलो उज्जवल भविष्य बचत, नारी समृद्धि बचत तथा रेमिन्टेस् बचतजस्ता नयाँ फरक र बेग्लै पहिचान र सुविधा र सहुलियतको स्किम अघि सारेर बचतकर्ताको संख्याबढाउने, शेयर सदस्य र पुँजीमा वृद्धि र लगानीको क्षेत्र विस्तार गर्नु पर्ने बताए । साथै उनले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका प्रबन्ध निर्देशक निरञ्जन राउतले आगामी आ.व.का लागि प्रस्तावित कार्ययोजना तथा बजेट बस्तुत गरेका थिए ।साधारणसभाको उद्घाटन सूर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले गरे । कार्यक्रममा बोल्दै प्रमुख थापाले सूर्यबिनायक नगरपालिकामा रहेका सहकारीले गरेका कामहरु नगरपालिकाले नियमितअनुगमन गरिराखेको बताएका थिए ।

उनले नगरबासीको परिश्रम गरी जोगाएको पैसा सहकारीमा बचत रहने भएकाले सो बचतको सुरक्षाका लागि नगरपालिकाले नियमित अनुगमन गरेको बताए । वडा नं. ८ का वडाध्यक्ष किरण थापाले नगरपालिकाभित्र १२६ वटा सहकारी संस्था रहेको जानकारी दिँदै सहकारीले आफ्ना बचतकर्ताहरुको आर्थिक रुपान्तरणमा भूमिका खेल्न सक्नु पर्नेमा जोड दिए । सूर्यबिनायक नगरपालिकाका सहकारी विज्ञ उद्धव प्रसाद चौलागाईं, ग्यासिर कलेजका प्रिन्सिपल दिवस शाक्य, रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापा संस्थाका ऋण अधिकृत मनोज के.सी., शेयर सदस्य विश्वराम थापालगायतले साकुराले छोटो अवधिमै सहकारीको मर्म अंगालेर बचतकर्ताहरुको मन जित्न सकेको बताएका थिए ।

आजको ट्रेन्डिङ समाचार