संविधान कार्यान्वयनसंगै समृद्धि : मन्त्री थापामगर | Samacharpati संविधान कार्यान्वयनसंगै समृद्धि : मन्त्री थापामगर – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • संविधान कार्यान्वयनसंगै समृद्धि : मन्त्री थापामगर

संविधान कार्यान्वयनसंगै समृद्धि : मन्त्री थापामगर

संविधान कार्यान्वयनसंगै समृद्धि : मन्त्री थापामगर

पोखरा, ५ असोज । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले नेपाली जनताको ठूलो वलिदानीबाट प्राप्त संविधान कार्यान्वयनसंगै मुलुकले समृद्धि प्राप्त गर्ने बताउनु भएको छ । संविधान दिवसको अवसरमा आज पोखरा महानगरपालिका वडा नं. १७ सितापाईलास्थित पोखरा वृद्धाश्रममा आश्रित जोष्ठ नागरिकलाई फलफुल वितरण कार्यक्रममा बोल्दै उहाँले संविधानले सवैको हक र अधिकारलाई सुचिश्चित गरेको बताउनुभयो । मानव सेवा जस्तो धर्म अरु कुनैपनि नभएको उल्लेख गर्दै उहाँले समाजका असहाय जेष्ठनागरिक, विपन्न वर्गका बालबालिको क्षत्रमा संलग्न विभिन्न संघ संस्थाका लागि प्रदेश सरकारको सहयोग रहेने जानकारी दिनुभयो ।

वृद्धाश्रममा आश्रित आमावुवालाई उत्पादनसंग जोड्नु पर्ने आवश्यकता औंल्याउँदै मन्त्री थापामगरले त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीले आश्रममा विभिन्न जिल्ला र समुदायबाट आएका कठिन परिस्थितका ६५ जना वृद्धवृद्धा र १० जना सेवक सेवीका आवद्ध रहेको जानकारी दिनुभयो । आमा वुवालाई माया ममता दिएर घरमानै राख्ने र सहारा कोही पनि नभएका जेष्ठ नागरिकलाई मात्र वृद्धाश्रममा ल्याउनु पर्ने संस्कारको विकास आवश्यक रहेको उल्लेख गर्दै उहाँले मानव परोपकारी संस्थाहरुलाई सरकारीस्तरबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्यूत प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वृद्धाश्रमका उपाध्यक्ष कुसुमकेशव पराजुली, मन्त्रालयका उपसचिव बद्रीनाथ अधिकारी लगायतले वृद्धाश्रमले राज्यको दायित्व भन्दा माथि उठेर समाजका विपन्न एवम् असहाय जेष्ठनागरिकको सेवामा समर्पित रहेको बताउनुभयो । प्रदेश सरकारले संविधान दिवसको तीनदिने कार्यक्रम अन्तर्गत आज अन्तिम दिन पोखरा र आसपासका बिभिन्न ६ वटा संघसंस्थामा आज फलफुल तथा आवश्यक भौतिक सामाग्री वितरण गरेको थियो ।

हरि बास्तोला

आजको ट्रेन्डिङ समाचार