म्याग्दीमा करेन्ट लागेर एकको मृत्यु, तनहुँमा सवारी दुर्घटना | Samacharpati म्याग्दीमा करेन्ट लागेर एकको मृत्यु, तनहुँमा सवारी दुर्घटना – Samacharpati
Samacharpati
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • म्याग्दीमा करेन्ट लागेर एकको मृत्यु, तनहुँमा सवारी दुर्घटना

म्याग्दीमा करेन्ट लागेर एकको मृत्यु, तनहुँमा सवारी दुर्घटना

म्याग्दीमा करेन्ट लागेर एकको मृत्यु, तनहुँमा सवारी दुर्घटना

म्याग्दी, ३ असोज । मंगला गाउँपालिका वडा नं.२ बाबियाचौर स्थित ज्ञानी बि.क.को घरमा मिस्त्री काम गर्ने जिल्ला दोलखा घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने वर्ष अंन्दाजी २६ को पेमा तामाङ काम गर्ने क्रममा अचानक रडले बिजुलीको तारमा छोइन जाँदा करेन्ट लागि घाईते भएका थिए’  घाईते  तामाङ  लाई  उपचारको लागि बेनि अस्पताल म्याग्दी लगीएको थियो उपचारगर्ने क्रममा चिकित्सकले तामाङ  लाई मृत घोषणा गरेका छन् । घटनाका विषयमा थप अनुसन्धान पनि भईरहेको छ ।

आबुखैरेनी गाउँपालिका-२ खानीखोला स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट आबुखैरेनी तर्फ आउदै गरेको बा.५ च ७४८७ नम्बरको कार आफै अनियन्त्रित भई सडक देखी अंन्दाजी २० मिटर तल खेतमा खस्नगई दुर्घटना हुँदा कार चालक तनहुँ कै भानु नगरपालिका-४ पन्तगाउ बस्ने वर्ष २६ को सागर पन्त घाईते भएका छन् उपचारको लागि छिम्केश्चरी अस्पताल आबुखैरेनी पठाएको छ घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार