पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघलाई | Samacharpati पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघलाई – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघलाई

पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघलाई

पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघलाई

पोखरा, ३ असोज । पोखरा उद्योग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्ने ‘ पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान–२०७६’ बाट पोखरा फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघ, कास्की सम्मानित हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बसन्त उदास संयोजक रहेको छनौट समितिले सो निर्णय गरेको हो । छनौट समितिमा संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापति, महासचिव अर्जुन पोखरेल तथा सफल उद्यमीद्वय राजेन्द्रकुमार बाटाजु र विमल श्रेष्ठ रहेका थिए ।

संघले ६ वर्षअघि आफू मातहतका बस्तुगत संघहरुलाई प्रोत्साहन गर्ने हेतुले यो सम्मान स्थापना गरेको हो । यसअघि यो सम्मानबाट पोखरा हार्डवयर एसोसियन कास्की र फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्की सम्मानित भइसकेका छन् । संघको शनिबार सम्पन्न हुने ६५ औँ अधिवेशनको अवसरमा संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाबाट फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीलाई सम्मानित गर्ने कार्यक्रम रहेको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

आजको ट्रेन्डिङ समाचार