संविधान दिवसको अवसरमा टुँडिखेलमा आउने नागरिकको लागि काठमाडौँ महानगरपालिकाले यस्तो सेवा उपलब्ध | Samacharpati संविधान दिवसको अवसरमा टुँडिखेलमा आउने नागरिकको लागि काठमाडौँ महानगरपालिकाले यस्तो सेवा उपलब्ध – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • संविधान दिवसको अवसरमा टुँडिखेलमा आउने नागरिकको लागि काठमाडौँ महानगरपालिकाले यस्तो सेवा उपलब्ध

संविधान दिवसको अवसरमा टुँडिखेलमा आउने नागरिकको लागि काठमाडौँ महानगरपालिकाले यस्तो सेवा उपलब्ध

संविधान दिवसको अवसरमा टुँडिखेलमा आउने नागरिकको लागि काठमाडौँ महानगरपालिकाले यस्तो सेवा उपलब्ध

काठमाडौँ, ३ असोज । काठमाडौँ महानगरपालिकाले संविधान दिवसका दिन टुँडिखेलमा आउने नागरिकको लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायतका सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रमस्थलको अन्य व्यवस्थापनको काम र मञ्च सजावटको काम पनि कामपाले गरेको छ । प्रत्येक वडा कार्यालयबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासी लगायतको सहभागितामा सांस्कृतिक झाँकीसहितको याली कार्यक्रमस्थल सैनिक मञ्चसम्ममा ल्याउने तयारी गरेको पनि कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

सहभागीलाई राष्ट्रिय झण्डासहित र्यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई १०० थान राष्ट्रिय झण्डा उपलब्ध गराउनेलगायतका काम पनि कामपाले गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरवासीलाई आफ्नो घरमा राष्ट्रिय झण्डा फहर्राउन पनि आग्रह गर्नुभएको छ । संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन तथा दिवसको उल्लास नागरिकस्तरमा पुर्याउन राष्ट्रिय झण्डाको उपयोगलाई प्रवद्र्धन गरिने भएको छ । दिवसको अवसरमा सबै मातहत कार्यालयमा असोज  ३ र ४ गते तीन दिन बेलुका दीपावली हुनेछ भने यस कामका लागि नगरवासीलाई पनि आग्रह गरिएको छ ।

असोज २, ३ र ४ गते रत्नपार्क र बालाजु पार्कमा अवलोकनका लागि आउने सबै सर्वसाधारणले निःशुल्क प्रवेश पाउने भएका छन् । अरु बेला ती पार्कमा जान सर्वसाधारणले शुल्क तिर्नुपर्दथ्यो । काठमाडौँ महानगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा ती दुई पार्कमा जाने सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेको हो । बालाजु बाइसधारा र रत्नपार्कमा प्रवेशका लागि रु २५ शुल्क लाग्ने गर्छ ।

आजको ट्रेन्डिङ समाचार