पोखरामा ”मालाको बिहे” सडक नाटक प्रर्दशन | Samacharpati पोखरामा ”मालाको बिहे” सडक नाटक प्रर्दशन – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • पोखरामा ”मालाको बिहे” सडक नाटक प्रर्दशन

पोखरामा ”मालाको बिहे” सडक नाटक प्रर्दशन

पोखरामा ”मालाको बिहे” सडक नाटक प्रर्दशन

पोखरा, २ असोज । नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना र एड क्रिउ मिडिया प्रा.ली को सहकार्यमा जोखिम न्युनिकरणका लागी जनचेतनामुलक सडक नाटक “मालाको बिहे” आज पोखरामा प्रर्दशन भएको छ । असोज १ देखि ३ सम्म प्रदर्शन हुने सडक नाटक हिजो पोखराको आँखा अस्पताल चोक र आज चिप्लेढुङ्ग, मिलन चोकमा नाटक प्रदर्शन भयो । पोखरमा अन्तिम शो भोली गर्ने कार्यक्रम रहेको छ । विभिन्न समयमा आउने प्राकृतिक बिपत्ती तथा मान्छेको लापर्वाही र हेलचेक््रयाई बाट हुने बिपद् को ब्यवस्थापन तथा पुर्ब तयारी कसरी गर्ने र भुकम्प बाट सुरक्षित रहन के गर्ने भन्ने बिषयलाई हास्य ब्यङ्ग शैली मार्फत सन्देश दिन खोजिएको जानकारी निर्देशक घनश्याम गौतमले दिनुभयो ।

हाँस्य अभिनेता घनश्याम गौतमको लेखन तथा निर्देशन रहेको सडक नाटक मालाको बिहे यहि साउनको २३ गते देखि काठमान्डौ उपत्यका भित्रका २५ स्थानमा प्रदर्शन भइसकेको छ । काठमान्डौ बाट यहि असोज १ गते देखि पोखराका विभिन्न ठाउमा नाटक प्रदर्शन गरिरहेको छ । घनश्याम गौतम, सरिता राजोपाध्याय, ओमकार खड्का, सुरज खड्का, र कन्चन श्रेष्ठ को अभिनय रहेको नाटकलाई परिकल्पना तथा निर्देशन घनश्याम गौतम स्वयंले गर्नुभएको हो ।

आजको ट्रेन्डिङ समाचार