यूएईमा अलपत्र परेका २ सय ५० भन्दा धेरै नेपाली कामदारलाई नेपाल ल्याउन सुरु | Samacharpati यूएईमा अलपत्र परेका २ सय ५० भन्दा धेरै नेपाली कामदारलाई नेपाल ल्याउन सुरु – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • यूएईमा अलपत्र परेका २ सय ५० भन्दा धेरै नेपाली कामदारलाई नेपाल ल्याउन सुरु

यूएईमा अलपत्र परेका २ सय ५० भन्दा धेरै नेपाली कामदारलाई नेपाल ल्याउन सुरु

यूएईमा अलपत्र परेका २ सय ५० भन्दा धेरै नेपाली कामदारलाई नेपाल ल्याउन सुरु

काठमाडौँ, २ असोज । मलेसिया, यूएई, लगायतका मुलुकमा कति कामदार अलपत्र पर्छन् त्यसको लेखाजोखा नै छैन । वैदेशिक रोजगारीमा गएका कामदारहरुले मर्नु न बाँच्नु भएपछि बल्ल मुलुकका सम्बन्धित निकायहरुले खोजी गर्ने गरेका केही उदाहरणहरु मात्रै छन् । तर पछिल्लो समय मनत्री गोकर्णै विष्टको आगमनसँगै अहिले वैदेशिक रोजगारीको क्षेत्रमा भने केही सु्धारको संकेत देखिएको छ । जसको उदाहरण हो ठग धन्दा चलाइरहेका म्यानपावरहरुलाई कानुनी दायरामा ल्याइनु र उनीहरुलाई मनग्य धरौटी राखिनु ।

जसका कारण उनीहरुले अब सहजै ठगी धन्दा गरिब निमुखा नेपालीहरुमाथी ठाडै चलाउन नसक्ने भएका छन् । यही सेरोाफेरोमा आबुधाबीमा अलपत्र परेका नेपालीहरुको उद्धार प्रकृया सुरु भएको छ । समस्यामा परेका कामदारलाई आबुधाबीमा रहेको नेपाली दूतावास र स्थानीय अदालतको सहकार्यमा उद्धार प्रकृया सुरु नेपाली दूतावासले जनाएको छ । आबुधाबीस्थित नेपाली दूतावासका श्रम सहचारी मोतिराम भुसालका अनुसार बुधबारसम्म १ सय २० जना नेपाली पुरुष कामदारलाई उद्धार गरेर नेपाल फर्काइसकिएको छ ।

आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेण्ट सर्भिसेस् कम्पनीमा कार्यरत पुरुष महिला गरी झण्डै २ सय ५० जना नेपाली कामदार कम्पनीको लापरवाहीका कारण समस्यामा परेका नेपालीहरुलाई ६ महिनासम्म तलब नदिएको र भिसा नविकरण नगरिदिएकोले अप्ठ्यारोमा परेका कामदारहरुलाई सकु्शल नेपाल फर्काइएको हो । हाल पुरुष कामदारलाई नेपाल ल्याइए पनि दुतावासको सम्पर्कमा रहेका अन्य महिला कामदारहरुलाई पनि भोली नै नेपाल ल्याइने तयारी गरिएको दुतावासले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार