पोखरामा बाढिको कारण २ वटा फार्ममा क्षति, पहिरोमा परि मानिस घाईते | Samacharpati पोखरामा बाढिको कारण २ वटा फार्ममा क्षति, पहिरोमा परि मानिस घाईते – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • पोखरामा बाढिको कारण २ वटा फार्ममा क्षति, पहिरोमा परि मानिस घाईते

पोखरामा बाढिको कारण २ वटा फार्ममा क्षति, पहिरोमा परि मानिस घाईते

पोखरामा बाढिको कारण  २ वटा फार्ममा क्षति, पहिरोमा परि मानिस घाईते

पोखरा, ३१ भदौ । पोखरा महानगरपालिका-२४ पामे स्थित राति परेको अबिरल वर्षाको कारण कुल बहादुर श्रेष्ठले संचालन गरेको आनन एण्ड अजना कृषी फार्ममा पालिएका गिरिराज जातका १५० वटा कुखुरा, बोईलर जातका २२ वटा र टर्की जातका ५० वटा कुखुरा मरेका छन् । साथै विभिन्न फर्निचरका सामानहरुमा समेत क्षति भएको छ । त्यस्तै  पोखरा महानगरपालिका-२४ पामे स्थित ठाडो लाईन बस्ने टंक बहादुर खड्काले संचालन गरेको समाज सुधार कृषी फर्ममा राती परेको अबिरल वर्षातको कारण सोही स्थान स्थित रहेको हर्पन खोलाको पानीको वाहव बढ्न गई पानी पस्न जादा उक्त फर्ममा रहेको १५० वटा बोईलर कुखुरा मरेको र निजले सोहि ठाँउमा पोखरी बनाई माछा पालन गरेकोमा उक्त माछा मध्ये केही माछा पानीले बगाई लगेको छ उक्त  खबर प्रहरीलाई प्राप्त हुना साथ तत्कालै प्रहरी टोलि खटिई घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।

राति परेको अबिरल बर्षाको कारण  अन्नपुर्ण गाउँपालिका-४ प्रेम बस्ति स्थित वर्ष ६० को चेतनाथ सुबेदीको ढुङ्गा माटोले बनेको २ तले कच्चि घरको पछाडि पट्टी रहेको बारिको कान्ला भत्किन गई दक्षिण पट्टिको कोठाको गाह्रो, घरको धुरिको बलो भाँचिएको छ  घरको पछाडिको गाह्रो चर्किन गई घर जोखिममा रहेको छ  उक्त खबर प्रहरीलाई प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

अन्नपुर्ण गाउँपालिका -११ घान्द्रुक बस्ने वर्ष ४५ को सागर क्षेत्रीको घर पछाडीबाट अबिरल वर्षाको कारण पहिरो आई निजको घरको पछाडीको गारो भत्कदाँ निज सागर क्षेत्री घाईते भएका छन्  घाईते सागरलाई उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य चौकी पठाएईको छ । घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार