तनहुँ, ३० भदौ । आबुखैरेनी गाउँपालिका-२ ऐक्लेफाँट स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको लु १ ख ४४७३ नम्बरको ट्रक आफै अनियन्त्रीत भई सडकबाट अंन्दाजी १० मिटर तल खेतमा खस्न जाँदा ट्रक चालक जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-२९ बस्ने वर्ष २७ को सुरेश बल घाइते भएका छन् । घाइते सुरेशलाई उपचारको लागि छिम्केश्वरी अस्पताल आँबुखैरेनीतर्फ पठाएको छ । उक्त स्थानमा प्रहरी टोलि खटिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
व्यास नगरपालिका-१ मुसेखोला स्थित पृथ्वी राजमार्गमा दमौलीबाट काठमाण्डौतर्फ जाँदै गरेको ग १ ख ४०४४ नम्बरको माइक्रो र विपरीत दिशाबाट आँउदै गरेको ग २ च ५७४२ नम्बरको जीप एक आपसमा ठक्कर खाँदा माइक्रोमा सवार १५ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि ब्यास हस्पिटल दमौली पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई जिप र जीप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।