फरक स्वाद दिने मैथिली गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न, भिडियो दशैमा सार्बजनिक गरिने | Samacharpati फरक स्वाद दिने मैथिली गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न, भिडियो दशैमा सार्बजनिक गरिने – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • फरक स्वाद दिने मैथिली गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न, भिडियो दशैमा सार्बजनिक गरिने

फरक स्वाद दिने मैथिली गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न, भिडियो दशैमा सार्बजनिक गरिने

फरक स्वाद दिने मैथिली गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न, भिडियो दशैमा सार्बजनिक गरिने

ईटहरी, ३० भदौ । ईटहरीर मैथिली गायक जागेश ठाकुरको स्वरमा रहेको ‘तारा जका जे चम्के’ बोलको गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । सनिवार पुर्वको धरानमा अवस्थित रमणिय पर्यटन स्थल, चतरा र ईटहरीमा सम्पन्न भएको हो । रोमान्टिक र हिन्दी फ्लेबरमा रहेको सो गीतको म्युजिक भिडियोमा सन्चारकर्मी तथा मोडल बीरेन्द्रकुमार साह र मेलि बस्नेत फ़िचर्ड रहेका छन् । म्युजिक भिडियोमा एक अर्का सगको प्रेम सम्बन्ध र रोमान्सलाई देखाईएको छ ।

परिकला मिडिया प्रालि (डिथ्री अनलाईन) ले निर्माण गरेको सो म्युजिक भिडियोलाई ईटहरिका रंग मिडियाकर्मी तथा निर्देशक सुवास संकल्पले निर्देशन गरेका हुन । गायक ठाकुरकै सब्द तथा संगीत रहेको गीतको भिडियोमा प्रस्तुत कलाकारलाई रिता श्रेष्ठले मेकअप (शृंगार) गरेकी छन् । नेपालको दोस्रो भाषाको रुपमा रहेको मैथिली भाषाको म्युजिक भिडियोले नेपाल र भारतमा समेत दर्शकहरुको मन जित्न सफल भैरहेको छ ।

यहि परिप्रेक्षमा मैथिली भाषाको गीतमा पनि फरक स्वाद र शैली भित्रन थाले संगै यो भिडियोलाई पनि सार्बजनिक भैरहेका मैथिली गीत तथा भिडियो भन्दा केहि हदसम्म फरक बनाउने कोसिश गरेको भिडियो निर्देशक संकल्पले बताए । गीत फरक स्वादको भएसंगे भिडियोलाई पनि फरक नै बनाउने प्रयास भएको हुनाले यो भिडियोलाई सबै दर्शकहरुले मन पराउनेमा भिडियोका दुवै कलाकार बिस्वस्त रहेको बताए । भिडियो दशैमा रिलिज गरिने छ ।

आजको ट्रेन्डिङ समाचार