पहिलो पोखरा टप मोडल को प्रशिक्षण तीव्र | Samacharpati पहिलो पोखरा टप मोडल को प्रशिक्षण तीव्र – Samacharpati
Samacharpati
शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
  • होमपेज
  • पहिलो पोखरा टप मोडल को प्रशिक्षण तीव्र

पहिलो पोखरा टप मोडल को प्रशिक्षण तीव्र

पहिलो पोखरा टप मोडल को प्रशिक्षण तीव्र

पोखरा,  २९ भदौ । सि.टी.इ कनेक्ट टु इभेन्ट नेपालको आयोजनामा गण्डकी प्रदेशमा पहिलो पोखरा टप मोडल को प्रशिक्षण तीव्र गतिमा भइरहेको छ । सि.टी.इ कनेक्ट टु इभेन्ट नेपाल प्रालिले आयोजना गरेको यो प्रतियोगिताको पहिलो संस्करण हो । अडिसनमा १५ जनाले सहभागी गराएका थिए भने यस प्रतियोगितामा कुल १० जनालाई प्रतियोगिताको प्रशिक्षणका लागि सहभागी गराइएको सि.टी.इ कनेक्ट टु इभेन्ट नेपालका निर्देशक मनिष ओस्ताले जानकारी दिएका छन् ।

अडिसन चिप्लेढुङ्गाको क्लाउड ९ रेष्टुरेण्डमा भएको थियो । अडिसनको निर्णायकमाCEO of events for u and celebs of pokhara  बिशाल गुरुङ , young enterpreneur actor ,social worker and  miss tamang coordinator जयन्ती तामाङ् , प्रन्ध्र वर्ष अगाडी भएको पहिलो पोखरा टप मोडलकी वविना शर्मा तथा कोरियोग्राफर निकिता खड्की र ज्योति क्षेत्री रहेका थिए ।

करीब एक महिनासम्म चल्ने विभिन्न प्रशिणबाट सहभागीहरुले आत्मविश्वास, व्यक्तित्व तथा नेतृत्व विकास , बोल्ने कला, सौन्दर्य तथा फेसन सम्बन्धी ज्ञान , आत्मनिर्भरता लगाएतका विषयमा सिक्न पाउने छन् । प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर निकिता खड्की र असिस्टेन्ट ज्योति क्षेत्री लगाएत पोखराका सम्बन्धी क्षेत्रमा दक्ष व्यक्तित्वहरुबाट प्रशिक्षण दिइने छ ।

आजको ट्रेन्डिङ समाचार