प्रेस काउन्सिल नेपालको स्वर्णजयन्ती भव्यताका साथ मनाइँदै • Nepal's Trusted Digital Newspaperप्रेस काउन्सिल नेपालको स्वर्णजयन्ती भव्यताका साथ मनाइँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रेस काउन्सिल नेपालको स्वर्णजयन्ती भव्यताका साथ मनाइँदै

प्रेस काउन्सिल नेपालको स्वर्णजयन्ती भव्यताका साथ मनाइँदै

  • शुक्रबार, भदौ २७, २०७६
प्रेस काउन्सिल नेपालको स्वर्णजयन्ती भव्यताका साथ मनाइँदै

काठमाडौँ, २७ भदौ। संविधान दिवस तथा प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीको अवसरमा काउन्सिलले सञ्चारग्राम परिसरमा सरफाई कार्यक्रम सम्पन्न गरेको छ । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालको अगुवाई काउन्सिलमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको सो कार्यक्रममा करीब १० क्वीन्टल फोहोरमैला संकलन गरिएको छ । सञ्चारग्राम प्रवेश गर्ने बाटोमा झाडी, प्लाष्टिक र ढल तथा पानी बगाएर ल्याएका लत्ताकपडासहितको सो फोहोरले वातावरण प्रदूषित भइरहेकोले सरसफाईपश्चात् सञ्चारग्राम परिसर सफासुग्घर देखिएको छ । भाद्र २६ गते विहीबार दिउँसो ३ः०० बजेदेखि सुरु भएको सरसफाई कार्यक्रममा बेलुका ५ः३० बजेसम्म सञ्चालन गरिएको थियो ।

press counil 1

काउन्सिलले संविधान दिवस तथा प्रेस काउन्सिल नेपालको स्वर्णजयन्तीको अवसरमा साताव्यापी विभिन्न कार्यक्रहरू आयोजना गर्ने भएको छ । साताव्यापी कार्यक्रमको सञ्चारग्राम परिसर सरसफाई कार्यक्रमबाट सुभारम्भ गरिएको छ । प्रेस काउन्सिल कर्मचारी संघको संयोजनमा हुने साताव्यापी कार्यक्रहरूमा आचारसंहिता जागरण दोहोरीगीत कार्यक्रम, रक्तदान कार्यक्रम, दौड कार्यक्रम, फुडसल लगायतका अतिरिक्त क्रियाकलापहरू सञ्चालन हुनेछन् । आगामी असोज ६ गते ५०औँ वार्षिकोत्सवको मूल कार्यक्रम सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।

council 2

सो कार्यक्रममा काउन्सिलको वार्षिक प्रतिवेदन, मिडिया एण्ड इथिक्स (अंग्रेजी प्रकाशन) र संहिता जर्नल समेत एकैसाथ सार्वजनिक गरिने भएको छ । सोही अवसरमा पत्रकार आचारसंहिता, २०७३,९परिमार्जन २०७६०को समेत सार्वजनिक गरिने छ । विगत वर्षहरूमा जस्तै स्वर्णजयन्तीको अवसरमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै प्रेस काउन्सिल पुरस्कारहरू समेत प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । विगतको कार्यक्रहरू भन्दा यस वर्ष विश्व प्रेस काउन्सिलसहित सार्क राष्ट्रका प्रेस काउन्सिलका प्रतिधिनिहरूको उल्लेख्य उपस्थिति रहनुका साथै असोज ७ मा अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न हुने कार्यक्रम तय भएको प्रेस काउन्सिलले जनाएको छ ।

council 3

council 5

फोटो : महेन्द्रराज सिंह

मदनकृष्ण सिलवाल

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका