फ्रान्सका राजदूत र परिसंघ पदाधिकारी बीच भेटवार्ता | Samacharpati फ्रान्सका राजदूत र परिसंघ पदाधिकारी बीच भेटवार्ता – Samacharpati
Samacharpati
शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
  • होमपेज
  • फ्रान्सका राजदूत र परिसंघ पदाधिकारी बीच भेटवार्ता

फ्रान्सका राजदूत र परिसंघ पदाधिकारी बीच भेटवार्ता

फ्रान्सका राजदूत र परिसंघ पदाधिकारी बीच भेटवार्ता

काठमाडौँ, १९ भदौ । नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइज एक्सभियर लेगर (François – Xavier LEGER) ले नेपालको विकास एवं समृद्धिको लागि नेपाली उद्योगी र फ्रान्सेली उद्योगीहरु बीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक भएको र यसको लागि सहजकर्ताको भूमिका निर्वाह गर्न प्रयासरत भएको विचार व्यक्त गर्नुभयो । उक्त कुरा राजदूत लेगरले नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग भाद्र १८गते भएको भेटवार्ताका क्रममा व्यक्त गर्नुभएको हो । उक्तअवसरमा राजदूतले गरले नेपालको औद्योगिक, पर्यटन एवम् हवाई क्षेत्रको विकासमा सहकार्य गर्न फ्रान्स इच्छुक रहेको र समृद्धिको मार्गमा अघि बढेको नेपालको वर्तमानअवस्थामा फ्रान्सको लगानी नेपालमा भित्र्याउन दूतावासको तर्फबाट सक्दो पहल भइरहेको बिचार समेत व्यक्त गर्नुभयो ।

साथै राजदूत लेगर परिसंघले निकट भविष्यमा आयोजना गरिरहेको तेस्रो नेपाल पूर्वाधार सम्मेलनलाई सफल बनाउन दूतावासको तर्फबाट सक्दो प्रयास भइरहेको धारणा व्यक्त गर्नुभयो। भेटवार्ताको क्रममा नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष (-Visit Nepal 2020 ) को प्रभावकारीताको लागि समेत दूतावासबाट पहल भइरहेको विचार व्यक्तगर्नुभयो । उक्त अवसरमा फ्रान्सका राजदूतको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपालमा विकासका आधारका साथै लगानीको उचित वातावरण श्रृजना भएको हुँदा फ्रान्सेली उद्योगीको लागि समेत नेपाल लगानीको राम्रो क्षेत्र हुने आफूले विश्वास लिएको विचार सहित नेपाल उद्योग परिसंघ नेपालको निजी क्षेत्रको तर्फबाट यस कार्यमा दूतावाससँग सहकार्य गर्न तयार रहेको कुरा व्यक्तगर्नुभयो ।

सो अवसरमा अध्यक्षमोरले नेपालको पूर्वाधार विकासमा फ्रान्सका लगानीकर्ताहरु पनि इच्छुक रहेको पाइएको हुँदा परिसंघबाट आयोजित आगामी तेस्रो नेपाल पूर्वाधार सम्मेलनमा फ्रान्सका लगानीकर्ताको सहभागिताको लागि दूतावासबाट सहयोगको अपेक्षा गरेको धारणा उल्लेख गर्नभयो । सो अवसरमा परिसंघ पदाधिकारीहरु एवं राष्ट्रिय परिषदका सदस्यहरु समेत उपस्थिति रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार