सविन राई नयाँ गीत सहित पोखराको प्याराडिसो स्र्पोटस बारमा शुक्रबार आउदै | Samacharpati सविन राई नयाँ गीत सहित पोखराको प्याराडिसो स्र्पोटस बारमा शुक्रबार आउदै – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • सविन राई नयाँ गीत सहित पोखराको प्याराडिसो स्र्पोटस बारमा शुक्रबार आउदै

सविन राई नयाँ गीत सहित पोखराको प्याराडिसो स्र्पोटस बारमा शुक्रबार आउदै

सविन राई नयाँ गीत सहित पोखराको प्याराडिसो स्र्पोटस बारमा शुक्रबार आउदै

पोखरा, १३ भदौ । पोखरा लेकसाइडमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट प्याराडिसो स्र्पोटस बार एण्ड ग्रिलमा गायक सविन राईको ब्याण्ड नयाँ एल्वम सहित लाइभ पफर्मेन्स प्रस्तुत गर्ने भएको छ । नयाँ एल्वममा हरेका गीत र पुराना गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्ने उद्देश्यले बारले नाईट विथ सविन राई आयोजना गर्ने भएको हो । बारमा ग्राहकलाई पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने गरी भदौ १३ गते शुक्रबार साँझ राइको विशेष सांगीतिक प्रस्तुती आयोजना गर्न लागिएको बारका म्यानेजर हरी पौडेलले जानकारी दिए ।

शुक्रबार बारमा संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुने उनले बताए । युवा पुस्ता माझ प्रिय विधाका कलाकारको प्रस्तुती रहने भएकाले पनि युवारयुवतिको उपस्थिति धेरै हुने उनले बताए । ‘योङ्गस्टरहरुलाई टार्गेट गरेर प्रोग्रामको आयोजना गरिएको छ,’ उनले भने, ‘त्यसैले पनि प्रोग्राम सफल हुन्छ ।’ सबिन सँगै पार्टिमा डिजे आशिष र अन्य स्थानीय कलाकारले सविन राईलाई साथ दिने छन् ।

‘गुराँसको फेदमुनी सम्झनाको छाँया, जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया..’, तिमि नै हो मलाई माया गर्ने‘.., ‘कोमल त्यो तिम्रोदेखि‘’, ‘गुराँसको फेदमुनि‘’, ‘सुन्दरताको बयान‘’, ‘सुरुवात गरुँ म कसोरी‘’ देखि ‘माया जालै‘’ म संसार जित्ने आट गर्दै..लगाएतका गीत प्रस्तुतीको तयारीमा छन् । प्याराडिसो स्पोर्टस वार एन्ड ग्रिलले लाइभ ब्यान्डका साथ पाहुनाहरुलाई मनोरञ्जन दिदै छ ।

आजको ट्रेन्डिङ समाचार