अनाथ बालबालिकाको सहयोगार्थ युरोपमा सुगमको कन्सर्ट | Samacharpati अनाथ बालबालिकाको सहयोगार्थ युरोपमा सुगमको कन्सर्ट – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • अनाथ बालबालिकाको सहयोगार्थ युरोपमा सुगमको कन्सर्ट

अनाथ बालबालिकाको सहयोगार्थ युरोपमा सुगमको कन्सर्ट

अनाथ बालबालिकाको सहयोगार्थ युरोपमा सुगमको कन्सर्ट

काठमाडौँ, १२ भदौ । सुन्दर र शान्त बाल कल्याणकारी संस्था (पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर) ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ नेपाली साङ्गीतिक कार्यक्रम आयोजना गर्दै छ । ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९’ नाम दिइएको उक्त साङ्गीतिक कार्यक्रम आगामी असोज २७ गते देखी २०७६ कार्तिक ७ गते सम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा आयोजना हुनेछ ।

कार्यक्रममा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र नायिका वर्षा रावत सहभागी हुँदै छन् । देशमा रहेका निमुखा तथा असहाय बालबालिकाहरूको आधारभूत आवश्यकता पुरा गरी उनीहरूको शिक्षा दिक्षामा सहयोग गरी भविष्यमा सक्षम नागरिक बनाउन सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । साथै संस्थामा आबद्ध बालबालिकाहरूको उज्ज्वल भविष्यको लागी यस कार्यक्रमले निकै ठुलो योगदान पौर्याउने विश्वास आयोजना संस्थाले लिएको छ ।

आजको ट्रेन्डिङ समाचार