अर्घाखाँची, १२ भदौ । गाँउघर तिजको रौनक छाईसकेको छ । यो चाडमा माइतीले बाबु आमा,दाजुभाइ छोरी चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठामीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खानेबस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठा मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ ।
आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो । तर पछिल्लो समएमा पर्व भन्दा पनि देखाउने प्रबिती बडदै गएको पाईन्छ मैनौ अघिबाट तिज गाँउने दर खाने चलन बडदै आएको छ हिजोका भाका भगेरी चरि , योतिज लाई पर सारदै अहिलेका भडकपनका गितहरुलाई रुचाउन थालिएको छ ।
अर्घाखाँची जिल्ला छत्रदेब –७ को ताराखसेमा तिज चलिरहदा एक आमाले समय सान्दभिक गित गाउन लागनुभयो गाँउमा सासुले जिना मकै चपाउने बुहारीले बजारमा म म चपाउने ,मेरो त क्रर्म नै बादर धपाउने जस्ता गित हरुले सबैको मन छोयो । हेर्नुहोस पूरा भिडियोमा