प्रधानमन्त्री ओली स्वास्थ्य उपचारकालागी सिंगापुर प्रस्थान – Samacharpati Samacharpatiप्रधानमन्त्री ओली स्वास्थ्य उपचारकालागी सिंगापुर प्रस्थान – Samacharpati
  • होमपेज
  • प्रधानमन्त्री ओली स्वास्थ्य उपचारकालागी सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारकालागी सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारकालागी सिंगापुर प्रस्थान

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ ।

बिहीबार पत्नी राधिका शाक्यसहित सहयोगी, निजी चिकित्सकका साथ प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गर्नुभएको हो । त्यसअघि प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीना लगाएतले त्रिभुवन बिमानस्थलको अति बिशिष्ठ कक्षमा बिदाइ गर्नुभएको थियो । सिंगापुर स्थित नेशनल युनिभर्सिटी अस्पतालमा उहाको स्वास्थ्य परीक्षण र आवश्यक उपचार हुने जनाइएको छ ।

साउन १८ गतेदेखि २७ गतेसम्म प्रधानमन्त्री ओलीको सोही अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । सो क्रममा मृगौलासम्बन्धी ‘एन्टीबडी’को मात्रा केहीबढी देखिएको बताइन्छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा। दिव्या सिंहका अनुसार एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री ओली फेरि सिंगापुर जानु परेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका