रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश – Samacharpati Samacharpatiरवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश – Samacharpati
  • होमपेज
  • रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं, ३ भदौ । जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो ।

गत हप्ता शुक्रबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका