धनकुमारीको तिजको गीत “जाम नाच्न जाम“ सार्वजनिक (भिडियो सहित ) • Nepal's Trusted Digital Newspaperधनकुमारीको तिजको गीत “जाम नाच्न जाम“ सार्वजनिक (भिडियो सहित ) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • धनकुमारीको तिजको गीत “जाम नाच्न जाम“ सार्वजनिक (भिडियो सहित )

धनकुमारीको तिजको गीत “जाम नाच्न जाम“ सार्वजनिक (भिडियो सहित )

  • मङ्लबार, साउन २८, २०७६
धनकुमारीको तिजको गीत “जाम नाच्न जाम“ सार्वजनिक (भिडियो सहित )

काठमाडौँ, २८  साउन । नेपाली लोकदोहोरी गायिका धनकुमारी थापा सरुले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नयाँ तिज गीत “ जाम नाच्न जाम “ लिएर आएकी छिन । लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनि सरुले भर्खरै मात्र तिज गीत सार्बजनिक गरेकी हुन् । गायिका ‘सरु’ नेपाली लोक गीत संगीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय तिज गीत तथा लोक गीतका कारण बढी चर्चामा रहदै आएकी छिन ।

डा. कृष्णहरी बरालको शब्द तथा सुरेश गैरेको लय सिर्जना गीतमा रहेको छ । गीतमा तिजको महत्वलाई प्रकाश पारिएको छ । नेपाली नारीहरुले भोगेको पिडालाई गीतमा समेटिएको छ । गीतको भिडियोमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ । निकै आकर्षक रुपमा राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन । गीतको मर्म अनुसारको मौलिकता समेटिएको भिडियो निर्देशन प्रकाश भटटले गरेका छन । “ जाम नाच्न जाम “ गीतको भिडियोमा अनु शाह र धन कुमारी थापाको नृत्य तथा अभिनय रहेको छ । “ जाम नाच्न जाम “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका