आरके र बिनीको ‘सुन भन्दा कम छैन, हराए डर छैन...’ सार्वजनिक (भिडियोसहित) – Samacharpati Samacharpatiआरके र बिनीको ‘सुन भन्दा कम छैन, हराए डर छैन...’ सार्वजनिक (भिडियोसहित) – Samacharpati
  • होमपेज
  • आरके र बिनीको ‘सुन भन्दा कम छैन, हराए डर छैन…’ सार्वजनिक (भिडियोसहित)

आरके र बिनीको ‘सुन भन्दा कम छैन, हराए डर छैन…’ सार्वजनिक (भिडियोसहित)

आरके र बिनीको ‘सुन भन्दा कम छैन, हराए डर छैन…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,  १९ साउन । नेपाली नारीहरुको महान् चाड तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहका छन् । यसै मेसोमा आरके उदासी र बिनी आचार्यको स्वरमा रहेको तीज गीत ‘सुन भन्दा कम छैन, हराए डर छैन…’ सार्वजनिक भएको छ । विशाल रायमाझिको शब्द÷सङ्गीत, लक्षुप्रसाद मल्लको एरेञ्ज, श्याम स्वेत रसाइलीको मिक्सिङ् रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आशिक राईको निर्देशन रहेको यो गीतको भिडियोमा अनु शाह र आरके उदासीको नृत्य अभिनय रहेको छ । रामकृष्ण चौलागाईंको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । तीजको अवसरमा एउटा राम्रो मौलिक तीज गीत स्रोता÷दर्शकमाझ पस्किएका छौ, स्रोता÷दर्शकले मन पराउनुहुनेछ भन्नेमा आशावादी छौ, निर्देशक आशिक राईले भनेका छन् । उनी पछिल्लो समय सबैको रोजाईमा परेका निर्देशक हुन् ।

धेरै गीत मार्फत स्रोता दर्शको माया पाएका गायक आरकेको यो पहिलो तीज गीत हो । ‘मेरा अन्य गीतलाई जस्तै यसलाई पनि मन पराइदिनु हुने छ भन्ने आशा लिएको छु’, आरकेले भने ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका