पोखराबाट कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीलाई हिमाल कलेजमा सम्मान – Samacharpati Samacharpatiपोखराबाट कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीलाई हिमाल कलेजमा सम्मान – Samacharpati
  • होमपेज
  • पोखराबाट कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीलाई हिमाल कलेजमा सम्मान

पोखराबाट कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीलाई हिमाल कलेजमा सम्मान

पोखराबाट कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीलाई हिमाल कलेजमा सम्मान

पोखरा, १८ साउन पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याएर नेपाल टप गर्न सफल विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार कलेजमा भएको कार्यक्रममा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल पोखराकी सुरती पाण्डे, त्यसै गरि पोखरामा उत्कृष्ट नम्बर ल्याउन सफल बिनोद छन्याल र दिपेश भण्डारीलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा हिमाल कलेज अफ म्यानेजमेन्टका क्याम्पस प्रमुख हरी कार्की, कलेजका इन्चार्ज मणीप्रसाद डुम्रे, रिता गुरुङ लगातले अबिर, खादा र मायाको चिनो दिदै सम्मान गरेका थिए । कार्यक्रमा क्याम्पस प्रमुख हरी कार्कीले विद्यार्थीले अरुले बनाएको रेकर्डलाई पढ्ने कि आफुले रेकर्ड बनाउने भन्नेमा प्रस्ट भए अगाडी बढेमा लक्ष्य हासिल गर्न सकिने बताएका थिए ।

त्यसै गरि उत्कृष्ट नम्बर ल्याउन सफल सुरती पाण्डेले विद्यार्थीले लक्ष्य निर्धारण गरेर अध्ययन गरेमा सफल बन्ने बताइन् । पोखराको प्रतिभा स्कुलमा अध्ययन गरेकी सुरतीले व्यवस्थपन विषयमा कक्षा १२ मा ३.९२ जिपिए ल्यान सफल भएकी थिइन् । यस वर्ष नेपाल भरबाट ३ जना विद्यार्थीले मात्रै ३.९२ जिपिए ल्यान सफल भएका थिए । प्रतिभा कै विद्यार्थी बिनोद छन्याल र दिपेश भण्डारीले ३.८५ जिपिए ल्याएका थिए । ३.डछ जिपिए पोखराका अन्य विद्यालयका विद्यार्थीहरुले पनि ल्याउन सफल भएका छन् । हिमाल कलेजले कक्षा ११ मा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकाय र त्रिवि अन्र्तगतका नीजि क्याम्पसहरुमा विविएस अध्ययन गराउदै आएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका