गायक राजु पुरीको आवाजमा “ओई सानी ” भिडियो सहित • Nepal's Trusted Digital Newspaperगायक राजु पुरीको आवाजमा “ओई सानी ” भिडियो सहित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक राजु पुरीको आवाजमा “ओई सानी ” भिडियो सहित

गायक राजु पुरीको आवाजमा “ओई सानी ” भिडियो सहित

  • बिहिबार, साउन १६, २०७६
गायक राजु पुरीको आवाजमा “ओई सानी ” भिडियो सहित

काठमाडौँ, १६ साउन । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक राजु पुरीको आवाजमा सजिएको आधुनिक“ओई सानी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेम र विछोडलाई समेटेर निकै कलात्मक रुपमा प्रस्तुत गरिएको भिडियोमा प्रेम पछिको विछोडलाई समेटिएको छ । मायामा विश्वास घात गर्दाको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

विश्वासको वातावरणमा घात गर्ने प्रेमी प्रेमिकाको अवस्थालाई गीतमा समेटिएको छ । राजु पुरीको शब्द तथा संगीत गीतमा रहेको छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ । “ओई सानी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका