भदौ दोश्रो साता पोखरामा स्कुल स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने | Samacharpati भदौ दोश्रो साता पोखरामा स्कुल स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • भदौ दोश्रो साता पोखरामा स्कुल स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने

भदौ दोश्रो साता पोखरामा स्कुल स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने

भदौ दोश्रो साता पोखरामा स्कुल स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरा, १४ साउन । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने अभियानलाई सार्थक बनाउन कास्की जिल्ला ब्याडमिन्टन संघले १८ औ जिल्ला स्तरिय अन्तर बिद्यालय ईन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगित संचालन गर्ने भएको छ । आउँदा भदौको १० देखी १४ गते सम्म संचालन हुने सो प्रतियोगितामा कास्की जिल्लाका निजी तथा सामुदायीक विद्यालयहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक बविन वाग्दासले जानकारी दिएका थिए ।

प्रीतयोगता पोखरा रंगशालाको ब्याडमिन्टन कबर्ड हलमा हुने र सो कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न १२ वटा उपसमितीहरु प्नि गठन गरिसकेको कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष डम्बर सिं गुरुङले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव पाँच लाख खर्च लाग्ने पनि उनले जानकारी दिए । उनले भने–“हामीले यो प्रतियोगिता सम्पन्न गर्न हाम्रै साथीभाई, संघका सदस्य र केहि मनकारी स्पोन्चरहरुको सहयोगबाट सम्पन्न गर्ने सोच वनाएका छौं ।” प्रतियोगिता राज्यका लागि आबस्यक पर्ने खेलाडी उत्पादन र खेलको बिकासका लागि निरन्तर रुपमा संचालन गरिरहेको पनि अध्यक्ष गुरुङको भनाई छ । उनले भने–“हामीले आफ्नै पहलमा बिगत देखी नै यो प्रतियोगिता गर्दै आएका हौं । हाम्रो प्रतियोगिताको प्रतिफलबाट हामीले अन्तराष्ट्रिय खेलाडीहरु पनि उत्पादन गरेका छौं जुन हाम्रो सम्पत्तिका रुपम हामीले मूल्याङकन समेत गरेका छौं ।”

भुगोल गुरुङ, पुनम गुरुङ, बिधान अधिकारी, अनुप गुरुङ लगाएतका खेलाडी तथा रेफ्रिहरु सवै कास्की जिल्ला व्याडमिन्टन संघले उत्पादन गरि अन्तराष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो स्थान वनाई सकेका छन् । संघकै उत्पादन सचिन गुरुङ ले यस पटकको प्रतियोगितालाई रेफ्रिको रुपमा संचालन गर्ने पनि संयोजक वाग्दासले जानकारी दिए । रेफ्रि गुरुङ यहि स्कुल स्तरिय प्रतियोगितामा प्रथम भई राष्ट्रिय खेलहरुमा उत्कृष्ठ नतिजा निकल्दै रेफ्रिका रुपमा तीन वटा अन्तराष्ट्रिय प्रतियोगितमा भाग लिई अहिले राष्ट्रिय रेफ्रिका रुपमा रहेका छन् ।

यस पटकको प्रतियोगितामा कास्की जिल्लाका निजी तथा सामुदायीक सबै बिद्यालयहरुको सहभागिता गराउन हामीले पहल गरेका छौं । सामुदायीक स्कुलबाट सहभागि हुने बिद्यार्थीहरुले सहभागिता शुल्क तिर्नु नपर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिन दिईयो ।
प्रतियोगितालाई बिभिन्न १० समुहमा बिभाजन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिईयो । आधारभूत तहमा व्वाईज सिङ्गल, गल्स सिङ्गल, माध्यामिक तहमा व्वाईज÷गल्स सिङ्गल र डबल त्यस्तै उच्च माध्यामिक तहमा पनि व्वाईज÷गल्स सिङ्गल÷सिङ्गल डवलमा प्रतिस्पर्धा गराईने छ । प्रतियोगितामा उत्कृष्ठ छात्र, छात्रा, उत्कृष्ठ नब खेलाडी,अनुशासीत खेलाडी, अधिकतम सहभगि, उत्कृष्ट पोशाक र उत्कृठ स्कुल समेत गरी बिभिन्न १७ बिधामा पुरस्कारको ब्यबस्था गरेका पनि आयोजकले जनाएका छन् ।

आजको ट्रेन्डिङ समाचार