विष्णुपादुका क्लवको तिज विशेष कार्यक्रमको तयारी • Nepal's Trusted Digital Newspaperविष्णुपादुका क्लवको तिज विशेष कार्यक्रमको तयारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विष्णुपादुका क्लवको तिज विशेष कार्यक्रमको तयारी

विष्णुपादुका क्लवको तिज विशेष कार्यक्रमको तयारी

  • आइतवार, साउन १२, २०७६
विष्णुपादुका क्लवको तिज विशेष कार्यक्रमको तयारी

पोखरा–२५, हेमजा स्थित विष्णुपादुका क्लवले हरितालिका तिजको अवसरमा विभिन्न प्रतियोगिता गर्ने भएको छ । क्लवले तिजको अवसरमा तेस्रो बिष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता तथा हरीतालिका तिज गीत प्रतियोगिता गर्ने भएको हो । शनिवार बसेको क्लव प्रतिनिधी साथै सरोकारवालाको भेलाले उक्त निर्णय गरेको हो । क्लवले हरीतालिकाको दिन भदौ १६ गते तिजगीत प्रतियोगिता तथा भदौ १७ गतेदेखि २३ गतेसम्म फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ । जसअनुसार फुटबल प्रतियोगिता सम्पन्न गर्न रमेश थापाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।जसको कोषाध्यक्षमा हरीकृष्ण थापा, सचिवमा मनोज कार्की, स्वागत सत्कार उपसमिति संयोजकमा शान्ता केसी तथा सदस्यहरुमा विष्णु थापा र सरस्वती थापा, सुरक्षा उपसमिति संयोजकमा राजेन्द्र थापा रहेका छन् । त्यस्तै सोही भेलाले स्वयम्सेवक परिचालन उपसमिति संयोजकमा अभिषेक कार्की, प्रचारप्रसार उपसमिति संयोजकमा श्रीभद्र पौडेल, सहसंयोजकमा विराज शर्मा तथा प्राथमिक उपचारको सम्पूर्ण जिम्मा हेमजा स्वास्थ्य चौकीलाई दिने निर्णय पनि गरेको छ । त्यस्तै क्लवमा आवद्घ सम्पूर्ण खेलाडीहरु मूल आयोजक समितिको सदस्य रहेको क्लवका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए । भेलाले प्रतियोगितामा प्रथम हुने समूहलाई रु.१ लाख २१ हजार १ सय ११, द्वितिय हुने समूहलाई रु. ७१ हजार १ सय ११ पुरस्कार दिने निर्णय पनि गरेको छ । त्यस्तै सेमिफाइनलमा पुग्ने दुई समूहलाई १० हजार, सर्वोत्कृष्ठ खेलाडी तथा फेयर प्लेयरलाई रु.५ हजार तथा अन्य पाँच विद्यामा पुरस्कार दिइने भएको छ । सोही भेलाले सिर्जना सापकोटाको संयोजकत्वमा तिज गीत प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ । जसको कोषाध्यक्षमा सोचना केसी, सचिवमा भगवती बजगाई, कार्यक्रम संचालकमा सीता कार्की, स्वागत सत्कारमा सरास्वती थापा र विष्णु थापा, आमा समूह परिचालनमा लक्ष्मी जिसी र उमा त्रिपाठी, सुरक्षामा विष्णु खत्री, स्वयम्सेवकमा सावित्री कार्की र तिर्थ थापा, सरसफाईमा शान्ति बास्तोला, प्रचारप्रसारमा पार्वती बास्तोला संयोजक तथा श्रीभद्र पौडेल र विराज शर्मा सदस्य, प्राथमिक उपचारमा शान्ता केसी र धना सापकोटालाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । प्रतियोगतामा प्रथम हुने समूहलाई रु.२१ हजार १ सय ११, द्वितिय समूहलाई रु.१५ हजार ५ सय ५५, तृतीयलाई ७ हजार ७ सय ७७, सान्त्वना पुरस्कार ४ हजार ४ सय ४४ साथमा प्रमाणपत्र पुरस्कार दिइने छ । त्यस्तै उत्कृष्ठ स्वर, भेषभुषा र नृत्यलाई समान दुई हजार पाँच सय पुरस्कार दिइने क्लवले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका