’हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक – Samacharpati Samacharpati’हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक – Samacharpati
  • होमपेज
  • ’हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक

’हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक

’हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक

काठमाडौँ, १२ साउन ।  आउँदो साउन ३० गतेबाट प्रदर्शनमाआउने फिल्म’हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथासार देखाइएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका अधिकाँस कलाकारहरु फिचर्ड छन् । आर्यन सिग्देललाई ट्रेलरमादुइ गेटअपमा देख्न सकिन्छ भने उनले ’हजार जुनीसम्म’पनि आफ्नो प्रेमलाई पर्खिएको विषयमा फिल्म केन्द्रित छ । ट्रेलरमा स्वस्तिमा खड्का , सलोन बस्नेत , संचिता लुइँटेल , शिवहरी पौडेल , अखिलेस प्रधान र अनुभव रेग्मीपनि फिचर्ड छन् ।

नाई नभन्नु ल सिरिजका निर्देशक बिकास राजआचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्य राज तिमल्सेनासंग को सहकार्यमा तयार पारेका हुन् । कार्यक्रममा सम्पूर्ण कलाकार उपस्थित भएतापनि निर्देशक आचार्य भने उपस्थित थिएनन् । पछिल्लो समय अस्वस्थ भएपछी चिकित्सकको सल्लाहअनुसार उनि भिडभाडमा नदेखिएका हुन् । उनको प्रतिनिधित्व गर्दै पटकथाकार सामिप्यले यो पूर्ण रुपमा फ्याम्ली ड्रामा भएको बताए । ’हामीले स्टारडमको आधारमा भन्दा पनि कथानुसार फिल्मको लागि कास्ट गरेका छौ’ उनले भने । उनकाअनुसार फिल्म पूर्ण रुपमा पारिवारिक छ र यसले हाम्रै वरपरको कथालाई वाचन गरेको छ । कार्यक्रममा उपस्थित आर्यनले यसले नेपालको सुन्दरतालाई पनि समेटेको बताए । ’हामीले पोखराबाट सुरु गरेको छायाँकन सिक्किमसम्म पुगेको छ त्यसैले यसले हाम्रो सुन्दरतालाई समेटेको छ’ उनले भने ’यो फिल्मको रोल मैले गरिरहेको जस्तै भएपनि प्रस्तुतिका हिसाबले फरक छ ।’

उनले आफु भन्दा २० वर्ष बढी उमेर देखिँदा केहि कठिनाइ भएको बताए । यसैगरी स्वस्तिमाले पनि फिल्मले दर्शकको मन छुने बताइन । गतवर्षकी नेशनल अवार्ड विनर अभिनेत्रीले फिल्मले पारिवारिक कथालाई समेटेको बताइन । यसैगरी सलोनले आर्यनको अभिनयले आफुलाई ज्यादै नै प्रभावितबनाएको बताए । यसै फिल्म मार्फत डेब्यु गर्न लागेका नवकलाकार अखिलेसले आफुले सक्दो मेहनत गरेको प्रस्ट्याए । चाइल्ड स्टार अनुभवले नाई नभन्नु ल सिरिज भन्दाबाहिर रहेर कामगर्दा छुटै अनुभवभएको बताए । ’यसले माया प्राप्तिको कथालाई देखाउछ’ उनले भने । ट्रेलर रिलिजमाकार्यकारी निर्मात्रीकविता रेग्मीले फिल्मविना सम्झौतातयार परिएको बताइन । फिल्ममा कविराज गहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् ।

आर्यन सिग्देल(फिल्मले मायाकै कथा भन्छ र मेरो क्यारेक्टर प्रेमी नै हो तर प्रस्तुतीकरणका हिसाबले यो फरक छ । फिल्मे पारिवारिक कथा त भन्छ नै साथै नेपालको सुन्दरतालाई पनि देखाउछ । हामीले पोखराबाट फिल्मखिच्दै सिक्किम सम्म पुगेका छौ , जस क्रममा धेरै शुटिंग गर्यौ । फ्यामिली ड्रामा र लभ स्टोरी रुचाउने दर्शकलाई यसले निराश बनाउदैन । स्वस्तिमा खड्का( यो फिल्ममा मैले निर्वाह गरेको भूमिका त सामान्य नै छ त यसले मन छुन्छ । नेशनल अवार्ड विनरले खेलेको फिल्मभन्न सुहाउछ । यसमा मैले चुलबुले क्यारेक्टर नै गरेको छु , जुन ट्रेलरमा नै देखिएको छ । फिल्मले परिवार र मायाको महत्वलाई बुझाउछ नै । ट्रेलर मन परेकादर्शकलाई फिल्मले निराश बनाउदैन ।  सामिप्यराज तिमिल्सेना हामीले एउटा पूर्ण रुपमा पारिवारिक प्रेम कथामाआधारित फिल्म बनाउ भनेर थालेका थियौ । कथामा सिर्जित क्यारेक्टर अनुसारकै कास्ट गरेका छौ । फिल्म हेरिरहदा परिवारसँग अप्ठेरो मान्नु त पर्दैन नै कहिँकतै तपाइँलाई मायाको आभाष गराउछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका