सरकारको राम्रो काममा काङ्ग्रेसको सहयोग रहन्छ | Samacharpati सरकारको राम्रो काममा काङ्ग्रेसको सहयोग रहन्छ – Samacharpati
Samacharpati
शुक्रबार, अशोज १, २०७८
  • होमपेज
  • सरकारको राम्रो काममा काङ्ग्रेसको सहयोग रहन्छ

सरकारको राम्रो काममा काङ्ग्रेसको सहयोग रहन्छ

सरकारको राम्रो काममा काङ्ग्रेसको सहयोग रहन्छ

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको राम्रो काममा काङ्ग्रेसको सहयोग रहने बताउनुभएको छ । गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा शनिबार आयोजित ‘एसइई उत्तिण विद्यार्थीलाई सम्मान तथा विद्यालय पोशाक वितरण समारोह’मा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएको सरकारले समृद्धि ल्याउन नसकेको आरोप लगाउनुभयो । सिंहले वर्तमान सरकारले अन्तर्रा्ष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले युवा बिधार्थीहरुको रुची अनुसारको शिक्षा प्रदान गर्न सके दक्ष जनशक्तिको बिकास हुने बताउनुभयो । कार्यक्रममा पूर्वगर्भनर हिमालय शम्शेर जबराको सहयोगमा विद्यालयमा उपलब्ध गराइएको पोशाक वितरण गरिएको थियो ।

आजको ट्रेन्डिङ समाचार