देशभर सवारी दुर्घट्नामा वृद्धि | Samacharpati देशभर सवारी दुर्घट्नामा वृद्धि – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • देशभर सवारी दुर्घट्नामा वृद्धि

देशभर सवारी दुर्घट्नामा वृद्धि

देशभर सवारी दुर्घट्नामा वृद्धि

देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका छन् । प्रहरी प्रवक्ता एवम प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार आव २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा देशभर सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढेको छ । आव २०७४÷७५ मा नौ हजार ९८९ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३१८ जनाको मृत्यु भएको थियो । चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहरुङगो सामानका कारण बढी दुर्घटना हुने गरेको पोखरेलको भनाइ छ । प्रहरी प्रधान कार्यालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार, ट्र्याक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ ।

आजको ट्रेन्डिङ समाचार