नेविसंघको प्रदर्शन • Nepal's Trusted Digital Newspaperनेविसंघको प्रदर्शन • Nepal's Trusted Digital Newspaper

नेविसंघको प्रदर्शन

  • शुक्रबार, साउन १०, २०७६
नेविसंघको प्रदर्शन

नेविसंघले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्षसम्म पनि हत्याराहरु पक्राउ गर्न नसकेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्ष पुगेको सन्दर्भमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको हो । निर्मलाको बलात्कारपछि हत्या भएको एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले सरकार विरुद्ध नाराबाजी समेत गरेको थियो । मुलुक कानुनी राज्यबाट वञ्चित भएको कारण मुलुकमा हत्या, हिंसा, बलात्कार जस्ता अपराध बढ्दै गएको उनीहरुको भनाई छ । निर्मला पन्त हत्या काण्डमा सरकारका मानिस नै संलग्न भएकोले हत्यार सार्वजनिक गर्न नसकेको नेविसंघको आरोप छ । नेविसंघले कुनै पनि हालतामा उक्र घटनालाई सेलाउन नदिने उद्घोष गरेको छ । निर्मलाले न्याय कहिले पाउँछिन् सरकार लेखिएको प्ले कार्ड बोकेर गृहमन्त्री राम बहादुर थापाविरुद्ध नाराबाजी समेत गरेका थिए । कञ्चनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । निर्मला हत्याको १ बर्ष भईसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुदै आएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका