गन्डकी प्रदेश मृर्गौला पिडित | Samacharpati गन्डकी प्रदेश मृर्गौला पिडित – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • गन्डकी प्रदेश मृर्गौला पिडित

गन्डकी प्रदेश मृर्गौला पिडित

गन्डकी प्रदेश मृर्गौला पिडित

नेपालमा मानिसको विभिन्न रोगबाट मृत्यु हुनेमध्ये ६६ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबार काठमाडौंमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैमुटु, क्यान्सर, मधुमेह, मिर्गौलाको समस्या लगायतका समस्याका कारण मानिसको मुत्यु हुने गरेको उल्लेख छ । ७२ जिल्लामा गरिएको अनुसन्धान अनुसार १६ प्रतिशत मुटु, ८.५ प्रतिशत मधुमेह, ६ प्रतिशत मिर्गौला र १२ प्रतिशत मानिसको श्वास–प्रश्वासको समस्याका कारण मुत्यु हुने गरेको पाइएको परिषद्ले जनाएको छ । यस्तै, प्रदेशगत अध्ययनले मिर्गौलाका बिरामीको संख्या सबैभन्दा बढी गन्डकी प्रदेशमा र सबैभन्दा बढी प्रदेश नम्बर–५ मा मधुमेहीका बिरामी भेटिएका छन् । यस्तै, कर्णाली प्रदेशमा श्वास–प्रश्वासका बिरामी सबैभन्दा धेरै देखिएका छन् । जलवायु परिवर्तनका कारण हिमाली र पहाडी जिल्लाहरुमासमेत मलेरिया, कालाजारलगायतका रोग देखिन थालेको अनुसन्धानबाट खुल्न आएको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले अहिले मुलुकका सवै वडाहरुमा स्वास्थ्य चौकी निर्माण कार्य भइरहेको भएपछि सबै वडामा स्वास्थ्य चौकी आवश्यक नरहेको बताउनुभयो । उहाले स्वास्थ्य कार्यक्रम अघि बढाउन आवश्यक बजेटको अभाव रहेको जिकिर गर्नुभयो । त्यस्तै योजना आयोगकी सदस्य डा. उषा झाले नसर्ने रोगको जोखिम बढ्दै गएकाले सरोकारवाला सबै चनाखो हुनुपर्ने धारणा राख्नुभयो ।

आजको ट्रेन्डिङ समाचार