‘फटाह फणिन्द्रे’मा अभिनेत्री सुस्मा | Samacharpati ‘फटाह फणिन्द्रे’मा अभिनेत्री सुस्मा – Samacharpati
Samacharpati
बुधबार, साउन १३, २०७८
  • होमपेज
  • ‘फटाह फणिन्द्रे’मा अभिनेत्री सुस्मा

‘फटाह फणिन्द्रे’मा अभिनेत्री सुस्मा

‘फटाह फणिन्द्रे’मा अभिनेत्री सुस्मा

काठमाडौं, ७ साउन ।  चलचित्र ‘‘फटाह फणिन्द्रे’निर्माण हुने भएको छ । निर्माता अरुण खड्काले अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो प्रस्तुतिका रुपमा यो फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको निर्देशन समेत उनी आफैले गर्दैछन् ।‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्म निर्माणको सिलसिलामा आफुले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्द्रे’मा खन्याउन लागेको खड्काले बताएका छन् ।

‘केही दिन अरुको फिल्म सुटिङ हेरेर धेरै निर्देशक भएका छन्’ खड्काले भने ‘म त यो क्षेत्रमा एक दशकदेखि छु ।’ अहिले बनिरहेको भन्दा फरक र सबैले मन पराउने फिल्म आफुले बनाउने उनले खुलाए । हुन त केही पहिले घोषणा भएको यो फिल्मका लागि अहिले अभिनेत्री सुस्मा कार्की अभिनेत्रीको रुपमा छनौट भएकी छन् । १० लाख पारिश्रमिका सुस्मा फिल्मसँग जोडिएकी हनु । चलेका र केही नयाँ कलाकार समेतको अभिनय रहने फिल्मको अन्य कलाकार छिट्टै टुङ्गो लाग्ने अरुणले जानकारी दिएका छन् ।

उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहनेछ । नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्र कमेडी जनरा निर्माण हुन लागेको हो । चलचित्रको छायाँकन आगामी कार्तिक  बाट सुरु हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता