हेमजा बोर्डिङ्का शिक्षक श्रीराम प्रहरीद्धारा पक्राउ | Samacharpati हेमजा बोर्डिङ्का शिक्षक श्रीराम प्रहरीद्धारा पक्राउ – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • हेमजा बोर्डिङ्का शिक्षक श्रीराम प्रहरीद्धारा पक्राउ

हेमजा बोर्डिङ्का शिक्षक श्रीराम प्रहरीद्धारा पक्राउ

हेमजा बोर्डिङ्का शिक्षक श्रीराम प्रहरीद्धारा पक्राउ

बिद्यार्थी कुटपिट गर्ने निजि विद्यालयका एक जना शिक्षक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वड नं.२५ हेम्जा स्थित हेम्जा बोर्डिङ स्कुलमा अध्ययनरत १४ बर्षीया एक छात्रालाई गृहकार्य (होमवर्क) नगरेको भन्दै कुटपिट गर्ने शिक्षक श्रीराम त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । कुटाई खाएकी छात्राका अभिभावकको उजुरीका आधारमा कास्की प्रहरीले शिक्षकलाई पक्राउ गरी हाल कुटपिट सम्बन्धि मुद्धा समेत चलाएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. राजकुमार केसीले बताएका छन् । कुटाई खाएकी छात्राको खुट्टामा केही निल डाम रहेको उनका आफन्तले जनाएका छन् ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता