के तपाइलाइ पिसाब चुहिने समस्या छ ? हेर्नुहोस समाधानका उपायहरु (भिडियो सहित ) | Samacharpati के तपाइलाइ पिसाब चुहिने समस्या छ ? हेर्नुहोस समाधानका उपायहरु (भिडियो सहित ) – Samacharpati
Samacharpati
मङ्लबार, अशोज २६, २०७८
  • होमपेज
  • के तपाइलाइ पिसाब चुहिने समस्या छ ? हेर्नुहोस समाधानका उपायहरु (भिडियो सहित )

के तपाइलाइ पिसाब चुहिने समस्या छ ? हेर्नुहोस समाधानका उपायहरु (भिडियो सहित )

के तपाइलाइ पिसाब चुहिने समस्या छ ? हेर्नुहोस समाधानका उपायहरु (भिडियो सहित )

पोखरा, ७ साउन । अनियन्त्रित रुपमा पिसाब चुहिने वा नथामिने समस्यालार्ई चिकित्सकीय भाषामा युरिनरी इन्कन्टिनेन्स भनिन्छ। यो एउटा रोग होइन तर यस्तो समस्या हो, जसले हाम्रो दैनिक कार्यमा अप्ठेरोेपना ल्याइदिन्छ र सामाजिक कार्यक्रममा भाग लिनसमेत बञ्चित गराउँछ। विश्वभरि १८ वर्ष र त्यसभन्दा माथि उमेर भएकाहरुमा पिसाब चुहिने समस्या देखिएको पाइन्छ र पुरुषको दाँजोमा महिलामा यो समस्या बढी हुन्छ।

चुहिने समस्याका तीन प्रकार

स्ट्रेस इन्कन्टिनेन्स
पेटमा बल लाग्ने कुनै पनि कार्य गर्दा यदि पिसाब चुहिन्छ भने त्यो समस्यालाई स्ट्रेस इन्कन्टिनेन्स भनिन्छ। सबैभन्दा बढी मात्रामा देखिने पिसाब चुहिने प्रकार नै स्ट्रेस इन्कन्टिनेन्स हो। पिसाब थैलीबाट योनीसम्म एउटा नली हुन्छ, जसलाई युरेथ्रा भनिन्छ। कम्मर भित्रको मांसपेसी अर्थात् पेल्विक फ्लोर मांसपेसी कमजोर वा खुकुलो भयो भने युरेथ्रालाई राम्ररी बन्द गर्न सक्दैन। यो अवस्थामा हाँस्दा, उफ्रँदा वा भारी समान उचाल्दा पिसाब थैलीमा जोर पर्छ र पिसाब चुहिन्छ।

अर्ज इन्कन्टिनेन्स
यो समस्या पिसाब थैली अधिक सक्रिय हुने महिलामा पाइन्छ। छोटो अवधिमै पिसाब फेर्न हतार लाग्छ र रोक्न गाह्रो हुन्छ, जसका कारणले शौचालय नपुग्दै अनियन्त्रित रुपमा पिसाब चुहिन्छ। स्वयं पिसाब थैलीको रोग वा नशा रोगको कारणले र बढ्दो उमेरसँगै पिसाबथैली आधिक सक्रिय हुन्छ।

मिक्स्ड इन्कन्टिनेन्स
कतिपय व्यक्तिहरुमा भने दुवै प्रकारको पिसाब चुहिने समस्या देखिन्छ।

निम्न रोग वा अवस्थामा पिसाब चुहिने समस्या बढी देखिन्छः बढ्दो उमेर , वंशानुगत , गर्भावस्था, योनीद्वारा प्रसूति, पाठेघर निकालेपछि
रजस्वला रोकिएपछि , मोटोपना स्नायु वा नशा रोग , मधुमेह, पिसाबको संक्रमण, आन्द्राका रोगहरु यसका रोकथाम का उपायहरु  कस्ता छन् त ! हेर्नुहोस् भिडियो

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता