भक्तपुर स्थित दत्रातय मन्दिरमा भक्तजनको भिड | Samacharpati भक्तपुर स्थित दत्रातय मन्दिरमा भक्तजनको भिड – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • भक्तपुर स्थित दत्रातय मन्दिरमा भक्तजनको भिड

भक्तपुर स्थित दत्रातय मन्दिरमा भक्तजनको भिड

भक्तपुर स्थित दत्रातय मन्दिरमा भक्तजनको भिड

साउनको पहिलो सोमबार भक्तपुर स्थित दत्रातय मन्दिरमा भक्तजनको भिड लागेको छ । ब्रम्हा, विष्णु र महेश्वरकै स्वरुप त्रिशक्तीको रुपमा पुजिने यस मन्दिरमा साउन महिनामा विशेष पुजाआजा गर्ने गरिन्छ । साउन महिनामा महादेव भगवानको अवतार हुने जनविश्वासका कारण साउन महिनामा विवाहित महिलाहरु श्रीमान्को लामो आयु र परिवारको सुखद भविष्यको लागि र अविवाहित महिलाहरु असल जीवनसाथी प्राप्तीको कामना सहित प्रत्येक सोमबार ब्रत बसि दत्तात्रयको पूजा गर्ने प्रचलन रहिआएको पाइन्छ । प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिर राजा यक्ष मल्लले बनाउन लगाएका थिए । यसको प्रमुख विशेषता भनेको यो मन्दिर ठूलो एउटै रुखबाट बनेको जनविश्वास रहेको छ ।

आजको ट्रेन्डिङ समाचार