सिद्धार्थ क्लबको ३५औँ बार्षिकोत्सब सम्पन्न | Samacharpati सिद्धार्थ क्लबको ३५औँ बार्षिकोत्सब सम्पन्न – Samacharpati
Samacharpati
शुक्रबार, अशोज १, २०७८
  • होमपेज
  • सिद्धार्थ क्लबको ३५औँ बार्षिकोत्सब सम्पन्न

सिद्धार्थ क्लबको ३५औँ बार्षिकोत्सब सम्पन्न

सिद्धार्थ क्लबको ३५औँ बार्षिकोत्सब सम्पन्न

पोखरा,  ६ साउन । सिद्धार्थ क्लब पोखराले आफ्नो स्थापनाको ३५औँ बार्षिकोत्सब कार्यक्रम ज्येष्ठ अभिभावकहरुलाई सम्मान कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा सिद्धार्थ क्लबका संस्थापक अध्यक्ष नविन उलकले क्लब स्थापना काल समयको सम्झना गराउदै त्यस बेलाको मेहेनत र परिश्रम विस्तार हुदै क्लब प्रगतिको बाटोमा लम्कन सफल भएको भनाई राख्नुभयो । कार्यक्रममा आफनो मन्तव्य राख्दै सभा अध्यक्ष विनोद प्रसाद श्रेष्ठले सामाजिक सेवामा समर्पित यस क्लबले जेष्ठ नागरिकहरुलाई लक्षित गरि सेवा मुलक कार्यहरु गरिरहेको र यसै सन्दर्भमा ३५ औँ बार्षिकोत्सव कार्यक्रमका अवसरमा संस्थाका सदस्यहरुको ७० बर्ष नाघेका ज्येष्ठ अभिभावकहरुलाई सम्मान गरिएको जानकारी गराउनु भयो । साथै उहाले आगामि दिनमा अन्य जेष्ठ अभिभावकहरुलाई पनि सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ज्येष्ठ अभिभावकहरुको तर्फ बाट मन्तव्य राख्दै समाजसेवी युवराज श्रेष्ठले क्लबको स्थापनाकालमा आफ्नो योगदानको स्मरण गर्दै वास्तविक वृद्धहरुको पहिचान र उनीहरुको सरोकारको विषयमा राज्यले ध्यान दिनु पर्ने भनाइ राख्नुभयो । साथै उहाले असक्त एवं असहाय वृद्धहरुको हेरचाहको व्यवस्था राज्यले वृद्धाश्रम सञ्चालन गरि सेवा दिनु पर्नेमा भयो । कार्यक्रममा बगालेटोल सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष हिराकाजी श्रेष्ठ, सल्लाहकार समितिका संयोजक श्यामलाल श्रेष्ठलगाएतले आफनो मन्तव्य राख्नुभएको थियो ।

संस्थाका सदस्यहरुका २७ जना ज्येष्ठ अभिभावकहरुलाई सम्मान गरिएको बार्षिकोत्सव कार्यक्रममा प्रथम उपाध्यक्ष पार्वती माकाजूले स्वागत मन्तव्य, निर्देशक सुमन कुमार श्रेष्ठले कार्यक्रम माथि प्रकाश पार्नुभएकोे थियो भने कार्यक्रम सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गर्नुभएको थियो । बार्षिकोत्सवको अवसरमा क्लबले श्रावण ६ गते साझ दिपवली कार्यक्रम आयोजना गरेको छ भने मिति २०७६ श्रावण ७ गते क्लब प्राङ्गणमा सिद्धार्थचोकमा पोखरा सिद्धार्थ हेल्थ केयर प्रा.लि को प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य परिक्षणको ( पेट, छाती, मुटु, सुगर, प्रेसर र थाइराइड) सम्बन्धी मात्र) व्यवस्था गरेको छ ।

आजको ट्रेन्डिङ समाचार