सरकारको एक बर्ष बिकासको आधारको बर्ष | Samacharpati सरकारको एक बर्ष बिकासको आधारको बर्ष – Samacharpati
Samacharpati
शुक्रबार, अशोज १, २०७८
  • होमपेज
  • सरकारको एक बर्ष बिकासको आधारको बर्ष

सरकारको एक बर्ष बिकासको आधारको बर्ष

सरकारको एक बर्ष बिकासको आधारको बर्ष

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको एक बर्ष बिकासको आधारको बर्ष भएको बतानुभएको छ । शनिबार काठमाडौं क्षेत्र नम्बर ५ मा निर्माण गरिएको पैदलयात्री पुलको उद्घाटन गर्दै पोखरेलले सरकारले मुलुकको बिकासका लागी आधार तय गरेको बताउनुभउको हो । उहाले केन्द्रिय सरकारले पहिलो बर्ष बनाएको आधारमा टेकेर समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुने समेत बताउनुभयो । उहाले तीन तहको सरकारलाई काम गर्नका लागी सरकारले कानून निर्माण गरेको धारणा पनि राख्नुभयो । पोखरेलले सार्वजनिक सम्पतीको संरक्षण गर्ने कतव्र्य सरकारको रहेको भन्दै सार्वजनिक सम्पतीलाई कव्जा गर्ने कसैलाई पनि सरकारले छुट नदिने स्पष्ट पार्नुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चालू आर्थिक वषभित्र नवर्निर्माण र पुनर्निर्माणको कामलाई अघि तिव्रताका साथ अघि बढाउने धारणा राख्नुभयो । काठमाडौं क्षेत्र नम्बर ५ मा निर्माण गरिएको पैदलयात्री पुलको तीन नंवर प्रदेश सरकारले निर्माण गरेको हो ।

आजको ट्रेन्डिङ समाचार