पोखराको सडकमा ठुल्ठुला खाल्डा : तत्काल मर्मत गर्न स्थानियको आग्रह | Samacharpati पोखराको सडकमा ठुल्ठुला खाल्डा : तत्काल मर्मत गर्न स्थानियको आग्रह – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • पोखराको सडकमा ठुल्ठुला खाल्डा : तत्काल मर्मत गर्न स्थानियको आग्रह

पोखराको सडकमा ठुल्ठुला खाल्डा : तत्काल मर्मत गर्न स्थानियको आग्रह

पोखराको सडकमा ठुल्ठुला खाल्डा : तत्काल मर्मत गर्न स्थानियको आग्रह

पोखरा महनगरपालिको बजार क्षेत्रका विभिन्न सडकहरुमा परेका खाल्डाखुल्डीका कारण दुर्घट्नाको जोखिम बढेको भन्दै नागरीकहरुले असन्तुष्टि जाहेर गरेका छन् । निरन्तरको वर्षाका कारण पोखराका विभिन्न सडकहरुमा खाल्डाखुल्डी परेका भएपनि महानगरपालिका र सडक विभागको समय मै ध्यान नपुग्दा दुर्घट्नाको जोखिम बढेको उनिहरुको गुनासो छ । सडकमा परेका खाल्डा खुल्डीहरु पटक पटक टाल्ने काम गरिए पनि कम गुणस्तरका कारण त्यो टिकाउ हुन नसकेको उनिहरुको तर्क छ । सडकमा परेका खाल्डाखुल्डीका कारण दुर्घट्नाको जोखिम बढेको र सडकको हालत थप कमजोर बनेको भन्दै पोखरा ६ डिहिगोपाटनका स्थानियहरुले यसतर्फ स्थानिय सरकारको ध्यानाकर्षण गरेका छन् । यसको तत्काल मर्मत गरि सडकको अवस्था सुधार गर्न स्थानिय एक टोल विकास संस्थाका अध्यक्ष तुलसी दाहालले चेतावनी पुर्णआग्रह गरेका छन् ।


करिब १ महिना अगाडी मर्मत गरिएको उक्त सडक निकै छोट्टे समयमा फेरी उस्तै बनेका प्रति उनिहरुले त्यसमा प्रयोग गरिएको अलकत्रा र निर्माण समाग्रीको गुणस्तर माथी नै शंका व्यक्त गरेका छन् । उनिहरुको भनाईले बाटो निर्माणमा कमिशनको खेल पो होकी भन्ने आशयहरु व्यक्त गरिरहेका छन् । उनिहरुका अनुसार यसप्रति स्थानिय सरकारको ध्यान जानु आवाश्यक देखिन्छ । तर, गफमा मात्र समृद्धि देख्ने असक्षम नेतृत्वका कारण विकासमा पटक पटक धोका हुने गरेको नागरीकहरुले गुनासो गरेका छन् । वर्षे विकासको मोडल फेर्न र दिगो विकासका उपायहरुको अवलम्बन गर्न उनिहरुले सुझाएका छन् ।


तर, पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले भने सडकको उक्त हालत प्रति आफुपनि दुखि रहेको जनाउदै तत्काल मर्मतका लागी आवाश्यक समन्वय गर्ने आश्वासन दिए । पर्यटकिय स्थलका रुपमा परिचित लेकसाईड जाने मुख्य मार्ग जिरो हल्लनचोकको सडकले आफुलाई पनि गिज्जयाईरहेको उनिको तर्क छ । तर, अधिकांस नागरीकहरुले भने चुनावताका जनताका प्रतिनिधिहरुले जनताका सामु गरेका बाचाहरु विर्सिएको टिप्पणी गरेका छन् । यसप्रति सचेत रहन उनिहरुको सुझाव छ ।

आजको ट्रेन्डिङ समाचार