ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने | Samacharpati ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने

ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने

ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने

नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको बताउनुभएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा गजुरेलले यस्तो बताउनुभएको हो । उहाले सरकार र विप्लवीचको वार्तालाई लिएर नेपाली जनता अहिले असाध्यै द्धिविधामा रहेको पनि टिप्पणी गर्नुभयो । गजुरेलले सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्नसमेत बन्देज लगाएकोमा आक्रोश पोख्नुभयो । फरक प्रसँगमा उहाले नेपाल ईण्डो–प्यासिफिक स्ट्राटेजीमा सहभागी भैसकेको पनि बतानुभयो । मुलुकको अहिलेको व्यवस्था, संविधान र सरकारमाथि नै प्रश्नचिन्ह खडा भएको उहाको भनाई छ ।

आजको ट्रेन्डिङ समाचार