फेम नेपालको आयोजनामा सुगमको ‘१ एमबी फेरी त्यो दिन’ नेपाल टुरु हुँदै | Samacharpati फेम नेपालको आयोजनामा सुगमको ‘१ एमबी फेरी त्यो दिन’ नेपाल टुरु हुँदै – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • फेम नेपालको आयोजनामा सुगमको ‘१ एमबी फेरी त्यो दिन’ नेपाल टुरु हुँदै

फेम नेपालको आयोजनामा सुगमको ‘१ एमबी फेरी त्यो दिन’ नेपाल टुरु हुँदै

फेम नेपालको आयोजनामा सुगमको ‘१ एमबी फेरी त्यो दिन’ नेपाल टुरु हुँदै

काठमाडौँ, २० असार । फेम नेपालको आयोजनामा चर्चित गायक सुगम पोखरेलको ‘१ एमबी फेरी त्यो दिन’ नेपाल टुर हुने भएको छ । देशका विभिन्न जिल्लामा आयोजना हुन लागेको यो कन्सर्ट सुगमको पहिलो इन्डोर कन्सर्ट हुनेछ । जुलाई १२ तारिक पोखराको किङ्स लाउन्जबाट सुरु हुने कन्सर्ट जुलाई १३ तारिक बुटवलको द कन्सेप्ट, जुलाई १५ तारिक नारायणगडको ग्यालेक्सी एम्पायर, जुलाई १७ तारिक इटहरीको इम्पेरियल, जुलाई १९ तारिक धरानको भिन्टेज हुँदै जुलाई २६ तारिक काठमाडौँको प्ले बोई क्लबमा हुनेछ ।

काठमाडौँ बाहिर साँझ ६ बजे देखि ११ बजे सम्म आयोजना हुने कन्सर्ट काठमाडौँमा भने राति ९ बजे देखि बिहान ४ बजे सम्म आयोजना हुनेछ । कन्सर्टमा गायक पोखरेलले आफ्ना दर्जन बढी नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने छन् । यसअघी काठमाडौँ टुँडिखेलमा सुगमसंगै लाउरे, स्वप्न सुमन लगायतको कन्सर्ट गरेको फेम नेपालले मोफलका दर्शक श्रोताको मागलाई ध्यानमा राख्दै सुगम पोखरेलको अल नेपाल कन्सर्ट गर्न लागेको बताएको छ ।

फेम नेपालका प्रबन्ध निर्देशक बिमल पछाईले ‘नेपाली संगीतको उत्सव भन्ने नाराका साथ आगामी दिनमा अन्य गायक गायिकालाई समेटेर अन्य साङ्गितिक टुरहरुको आयोजना गरिने बताए । नेपाली संगीत र कला क्षेत्रलाई स्टेजमा उतार्ने कार्यमा अग्रसर फेम नेपालले ‘सेलिब्रेटिङ नेपाली म्युजिकु नारालाई आत्मसाथ गरेको छ ।

आजको ट्रेन्डिङ समाचार