द्धन्द्धको पिडा पोख्दै नाटक ''अझै दुख्छ घाउ'' • Nepal's Trusted Digital Newspaperद्धन्द्धको पिडा पोख्दै नाटक ''अझै दुख्छ घाउ'' • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • द्धन्द्धको पिडा पोख्दै नाटक ”अझै दुख्छ घाउ”

द्धन्द्धको पिडा पोख्दै नाटक ”अझै दुख्छ घाउ”

  • बिहिबार, असार १९, २०७६
द्धन्द्धको पिडा पोख्दै नाटक ”अझै दुख्छ घाउ”

काठमाडौँ, १९ असार । शैली थिएटरले द्वन्द्व पिडितहरुको अवस्थालाई चित्रण गर्ने नाटक “अझै दुख्छ घाउ“ मञ्चन गरेको छ । महिला, कानुन र विकास मञ्चले आयोजन गरेको फोटो प्रदर्शनीको उद्घाटन समारोहमा नाटक मञ्चन गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको पाँच दिनसम्म चल्ने यो कार्यक्रममा नाटक मञ्चनसँगै द्वन्द्व र द्वन्द्व पिडितबारे फोटो प्रदर्शनी, वृतचित्र प्रर्दशन र छलफल चलाइनेछ ।

नाटक

यस्तो छ, नाटकको कथा नाटकमा राधिका (प्रियंका चौधरी) र उसका बुवा लोकबहादुर (देबेन्द्र बब्लु) कुनै गाउँमा सरल जीवन बाँचिरहेका हुन्छ्न । देशमा द्वन्द्व चलिरहेको बेला गाउँमा बस्न गाह्रो हुन्छ । सामाजिक काम गर्न लोक बहादुरलाई गाह्रो पर्छ । उसलाई चन्दा नदिएको नाममा पटक पटक धम्की दिने काम हुन्छ । राधिका पनि स्कुल जान पाउँदिन, उसका साथीहरूलाई कार्यक्रम लग्ने नाममा जङ्गल लगेर बन्धुक बोक्न लगाइन्छ । उ भागेर बाच्छे । यता उसको बुवा लोक प्रसादलाइ भने भौतिक कारबाही गरिन्छ । बुवालाई खोज्ने क्रममा राधिकालाई प्रशासनले समात्छ र बुवाले बिद्रोहिलाइ सहयोग गरेको नाममा जेलमा राखिन्छ । जेलमा उनलाई पटकपटक बलात्कार गरिन्छ । उनको अवस्था कविता मार्फत प्रस्तुत गरिएको छ ।

नाटक२

केही बर्षपछि देशमा शान्ति स्थापना भएपछि बुवा छोरीको भेट हुन्छ । बुवाको दुबै खुट्टा काम नगर्ने अबस्थामा बैसाखी टेक्दै आउछन भने छोरी राधिका अर्धहोसमा हुन्छिन । उनीहरु न्याय माग्दै विभिन्न कार्यलय धाउँछन् । अन्त्यमा जब द्वन्द्व व्यवस्थापन आयोगको अध्यक्ष (करिष्मा केसि) सँग भेट हुन्छ । उनले सहयोग गर्ने वाचा गर्दै भन्छिन, “किन चुप लागेकी राधिका, मनको कुरा खोल। “मौन रहेकी राधिका झस्कन्छिन् अनि राधिका बेहोस अवस्थामा भन्छिन, “म खोल्दिन । अब खोल्दिन मेरा कपडा । मैले भने त म सँग बम छैन भनेर ।“

नाटकले द्धन्द्धका क्रममा मानसिक सन्तुलन गुमाएकी राधिका र तहसनहस भएको उनको परिवारको पिडालाई प्रस्तुत गरेको छ ।
शैली थिएटरका कार्यक्रम संयोजक नारायण न्यौपानेको लेखन तथा निर्देशनमा तयार गरिएको यस नाटकमा प्रियंका चौधरी, देबेन्द्र बब्लु, सुवास सुवेदी, रोबिन तामाङ, करिश्मा केसी, सुरन्जन शर्मा, राज सुवेदी, निर्भिक भट्टराई, रुपक काफ्ले, प्रकृस्ट रेग्मीले अभिनय रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका