प्रदेश सांसद राजीव गुरुङ नेकपा प्रवेश गर्दै | Samacharpati प्रदेश सांसद राजीव गुरुङ नेकपा प्रवेश गर्दै – Samacharpati
Samacharpati
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • प्रदेश सांसद राजीव गुरुङ नेकपा प्रवेश गर्दै

प्रदेश सांसद राजीव गुरुङ नेकपा प्रवेश गर्दै

प्रदेश सांसद राजीव गुरुङ नेकपा प्रवेश गर्दै

पोखरा, १८ असार । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दिपक मनाङे) नेकपा प्रवेश गर्ने भएका छन् । गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद गुरुङलाई नेकपाले बिहिबार पार्टी प्रवेश गराउने तयारी गरेको श्रोतले बताएको छ ।

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको सदस्य समेत रहेका गुरुङ नेकपामा प्रवेश गरेपछि प्रदेशसभामा नेकपाको एकल बहुमत पुग्नेछ । अहिले प्रदेशसभामा नेकपाका ३९, कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका २, समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ जना रहेका छन् ।

गुरुङ मनाङ ख बाट चुनाव जितेका हुन् । उनले मनंष्ग्रेसमन कर्म गुरुङलाई ३ सय ९० मतले पछि पार्दै विजयी भएका हुन् । उक्त चुनावमा गुरुङले १ हजार ४ सय १० मत प्राप्त गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार