बसन्त र एलिनाको ‘यो ज्यान कस्तो बेइमानी’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperबसन्त र एलिनाको ‘यो ज्यान कस्तो बेइमानी’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बसन्त र एलिनाको ‘यो ज्यान कस्तो बेइमानी’ सार्वजनिक

बसन्त र एलिनाको ‘यो ज्यान कस्तो बेइमानी’ सार्वजनिक

  • मङ्लबार, असार १७, २०७६
बसन्त र एलिनाको ‘यो ज्यान कस्तो बेइमानी’ सार्वजनिक

काठमाडौँ,  १७ असार । युट्युबमा कभर गीत गाएर चर्चामा आएकी गायिका एलिना चौहान पछिल्लो समय धमाधम गीत रेकर्ड गराइरहेकी छिन् । उनको स्वरमा रेकर्ड भएका ’ओरिजिनल’ गीतहरु अहिले रिलिज भइरहेका छन् । यस्तैमा उनको स्वरमा रहेको नयाँ गीत ’यो ज्यान कस्तो बेइमानी’ सार्वजनिक भएको छ ।

Basanta Elina 1

सार्वजनिक उक्त गीतमा बसन्त सापकोटाले पनि स्वर दिएका छन् । सोमबार बसन्त सापकोटाको आफिसियल युट्युब च्यानमार्फत् सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत पनि सापकोटा कै रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् भने मिक्सिङको जिम्मा कृष्ण महर्जनले लिएका थिए ।

Elina

भिडियोमा गायकरगायिकाको ’लिपसिङ’ मात्र खिचिएको छ । शान थापाले निर्देशन गरेको भिडियोमा एलिना र बसन्त गीत गाइरहेका छन् । राजिव समर सहायक निर्देशक रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोलाई सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका